Sunday, January 20, 2013


  मनले एउटा सोची हिड्यो समयले अर्कै दिन्छ
 आँशुको भेल उर्लाएर भा'को थोरै खुशी लिन्छ !

सम्हालेर राखिदिन्छु जति सक्छौ  पीडा देउ -
सुनेको छु आजभोली सक्नेले त हाँसो किन्छ !!


तिम्रै हुने आशा बोकी  बसेकोथे दिन गनी
पलपल विधाताले किन मेरो  खुशी छिन्छ

अनायासै  धड्कन  बढ्यो पराइ पो भयौ कि त
नदेखेझैँ हिड्न थाल्यो भन्छौ अरे कसले चिन्छ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼