Wednesday, February 13, 2013

भ्यालेन्टाइन डे "प्रेम दिवश" फेब्रुवरी १४


भ्यालेन्टाइन डे "प्रेम दिवश" फेब्रुवरी १४ 


एशापुर्व:  रातो  गुलाब  समाजवाद या सामाजिक लोकतन्त्रको  प्रतीक हुने गर्दथ्यो !  यसलाई   ब्रिटिश र आयरिश श्रम दलद्वारा  एक प्रतीकारात्मक रूपमा   उपयोग गर्दथे !  फ्रेंच, स्पेनिश (स्पेनिश सोशलिस्ट वर्कर्स पार्टी)को  रूपमा  अत्यन्तै राम्रो तरिकाले पुर्तगाली, नर्वे, डेनमार्क, स्वीडिश, फिनिश, ब्राजील, डच (Partij van de Arbeid)  र यूरोपीय समाजवादी पार्टिले पनि  यो रातो  गुलाब त्यस समय यात्रा गर्ने   यात्रीहरुद्वारा प्रत्येक ब्यक्तिहरु आफ्नो लुगाको बगलीमा भिरेर    मई 1968 पेरिस  सड़कमा  विरोधको लागि पनि उपयोग गरेका थिए भन्ने भनाइ छ । सेतो  गुलाब एक द्वितीय विश्व युद्ध जर्मनीमा अहिंसक प्रतिरोध समूह थियो ।



प्रत्येक फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७०को फेब्रुअरी १४मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यो दिन प्रेमी-प्रेमिकाको अगाध प्रेम, अमर प्रेमभाव  दर्शाउने दिनको रुपमा चित्रण गरिएको पाइन्छ ।यो पर्व अविवाहित विवाहित परिवार सबैको लागि उत्तिकै महत्वपूर्ण मानेर   उत्सवको रूपमा मनाउने गरिन्छ।फेब्रुवरीलाई प्रेमिल  समय र रोमान्सको महिना पनि भनिन्छ !

  १४ फेब्रुवरीको दिन संसारभरका लाखौ  पसलेहरुले आफ्ना पसलहरुमा प्रेम दिवसका लागि अनेकै सुन्दर उपहार बेच्न आतुर हुन्छन ! मानिसहरु आफ्नो प्रियजनको खुशीको लागि आफ्नो मन पर्ने मान्छेको मनपर्ने बस्तुहरु  फूल चकलेट अथवा सुन्दर सुन्दर उपहार किन्न,बेच्न  व्यस्त देखिन्छन ! भ्यालेन्टाइन त्यसलाई विश गरिन्छ जसलाई आफूलाई भन्दा धेरै माया गरिन्छ !! यस पर्वमा मनमा कुनै रिस राग र क्लेश नहुने ह्रर्दय भरि माया नै माया भरिएको हुन्छ ! माया कसैले  रातो गुलाव लगभग ३५ सय बर्ष  पुरानो हो !प्राचिन सभ्यतामा युनानी र रोमनले  रातो गुलावलाई एक गौरवमय प्रेमको रुपमा हेरेर यसको स्थान उच्च रहेको  हो भन्ने भनाइ छ । रातो  गुलाबको  सुन्दरता सधैभरी गुलाव प्रेमीहरुको लागि र उनीहरुलाई आफ्नो प्रेमिका सँग कसरी  एन अर्कामा प्रेम भाव जगाउने एक अर्कामा सम्मर्पित गराउन गुलावलाई प्रतिकको रुपमा प्रयोग गरिन्छ ! गुलाव इंग्लैंड र संयुक्त राज्य अमेरिको  राष्ट्रीय फूल पनि हो ।भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस प्रत्येक वर्षको फेवु्रअरी १४ तारिखका दिन प्रेम, सदभाव र सहृदयको प्रतिकका रुपमा संसारभर नै मनाउन थालिएको छ । यो दिनलाई प्रेम दिवस वा प्रेमी-प्रेमिकाको दिन पनि भन्ने गरिन्छ ।

 संसारभरीका मानिसहरुले  आफ्ना प्रेमी-प्रेमिका, आत्मिय मित्रवर , परिवारजन, पतिपत्नीले प्रेमको प्रतिकका रुपमा कार्ड, चकलेट रातो गूलाफको फूल एक अर्कालाई दिएर वा साटासाट गरेर प्रेमभाव गरेको पाइन्छ । संसारमा जति पनि प्राणी छन् ती सबैलाई एक आपसमा बाँध्ने कडी नै प्रेम हो । भ्यालेन्टाइन डे युवा व र्गले भने विशेष गरेर दिल खोलेरै,मन्मग्न भएर  मनाइएको देखिन्छ ।यस अवसरमा  दिने कार्डमा हाप्पी भ्यालेन्टाइन  लेखिएको हुन्छ र प्रेमको सन्देश दिएइको हुन्छ । उहिले उहिले हातैले लेखेको कार्ड आदान-प्रदान गर्ने चलन थियो भने आजभोलि यस्ता हाते कार्ड विस्थापितकै भैसकेका छन् ।नेपालमा पनि यो पर्व मनाउने चलन वर्षैपिच्छे बढ्दै गएको पाइन्छ । युवापिढिहरुले बडो हर्ष उल्लाष र रौनकताकोसाथ यो पर्व मनाएको पाइन्छ । 
प्रेम दिवशमा मात्र होइन हरेक दिन सबैको मन प्रेमभावले भरिओस, मनका रिस राग, डाह,क्लेश सबै मेटियोस् सम्पूर्णमा  प्रेम दिवशको हार्दिक शुभकामना !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼