ग़ज़ल
खै के पो जादु गर्यौ आफैतिर तानिरह्यौ
तरंगित मनको बहाव छल्किएको जानिरह्यौ
मरभूमि किनारमा मौनतामै बसूँ भन्थे
एकैनाश मदहोसी नजरले हानिरह्यौ
समर्पणका अनगिन्ती प्रेमपत्र लत्याएर
हजारौको भीडमा नि मेरै साथ छानिरह्यौ
जैले देखि बोले,हाँसे राखे मनको मजेरिमा
मैले जस्तै तिम्ले पनि मलाई आफ्नै ठानिरह्यौ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼