Thursday, February 28, 2013

“बेरंग जिन्दगी “लघु कथा

बेरंग जिन्दगी “
लघु कथा

हरेक साँझ  झैँ आज पनि कामको खोजिमा होटेल रेष्टुरेन्ट अनि सुपर मार्केटको गल्ली गल्लि चहारेर लखतरान भएपछि ऋतु  डेरा बाहिरको छिडीमा थचक्क बसकी छे । कोठाभित्र केहि साथीहरु उत्तेजक हावभावसँग चर्का चर्की स्वरमा कुराकानी गरेको बाहिरैबाट  प्रष्टै  सुनिन्थ्यो । पानी पर्ला झैँ आकाश धुम्म थियो । उसको मनमा अनेकौ तर्कनाहरू उकुस मुकुस गर्दै मडारिइरहेको थियो, आकाशको कालो बादल झैँ ! उसलाई डेराभित्र  पस्न मन थिएन,पाइलाहरु  टक्क  अडिएको छ नियतिले डोर्याएको बाटोमा हिड्दै गर्दा उसका आफ्नो विबस्थाको बृत चित्र यसरी सल्बलाउँछ “  अनेकौ दु:खका वावझुध  ७ बर्ष इजरायल बसेर पनि भनेजस्तो काम नपाउँदा मन सन्तोष हुन सकेन । नेपालको राजनैतिक अस्थिरता, अब्यबस्थित अर्थ व्यवस्था , दण्डहीनताको पराकाष्ट,बेरोजगारीको समस्या, १४ घण्टाको लोड सेडिंगको मारमा आक्रान्त मन आफूले दु:ख पाए पनि छोराको भविष्य बनाउँछु भन्ने आशा बोकेर ग्रीन कार्ड बनाउने लालसमा युरोपतिर  भासिएँ ।

 अहिले यहाँ आएर २ बर्ष सम्म भनेको जस्तो काम नपाउँदा रनभुल्लमा परेको छु । मेरा आफ्ना पाखा पखेरा,लेक बेशीका चौतारीले  मलाई खोजिरहेझैँ लाग्छ जहाँ मेरो अस्तित्व थियो । मेरो आत्म सम्मान थियो,मेरो खुशी थियो । जहाँ म दिल खोलेर हाँस्थे,धक फुकाएर डुल्थे तर आज यहाँ गल्ली-गल्ली, चोक-चोक भौतारिन्छु न आफ्नो भन्ने कोहि पाउँछु भावना शुन्य स्वार्थी रोवट जस्ता मानिसको बीचमा छ, त केवल निराशपन । बूढी आमाले छोरी आउँछे भनेर बिछ्याएको परेलीमा झरेका आशु थोपासंगै मेरो आँशु मिसिएर बग्दैछन् । आमाले त छोरी निष्ठुरी भै भनेर सम्झनु हुन्छ होला । आमाको भिजेको परेली र मेरो गाउँघरलाई मैले नसम्झेको कुनै पल छैन तर पनि कामको खोजेमा भौतारिनु भन्दा अर्को बिकल्प नभएकोले आफ्नो ठाँउ फर्कन सकेको छैन ।

 रिफुजी बन्ने म जस्ता नेपालीहरूले काम भेट्न धेरै गाह्रो छ,सबै नेपालीहरुको बिडम्बना यस्तै छ । यहाँ बस्ने नेपालीहरुमा एकदम कम मात्र होलान जो खुसी छन । पुराना नोकरी हुनेहरुले नयाँलाई दबाउने, आत्मासम्मानमा ठेस पुग्ने कुराहरु गर्ने,दबाउन झुकाउन खोज्छन, यी त नेपालीका गुण नै हुन् सायद । नेपालीपन हराएको छ । बिदेशीपन अँगाल्न पनि त सकेका छैनन् । आफ्नो माटोको घरमा खरको छानोमुनि आमाको न्यानो साथमा कति गुना खुशी थिए । तर यो बिदेशमा परिचय बिहिन भएर बस्नु पर्ने असोचनीय पलमा न त मन खुशी छ न मनमा शान्ति छ । यो रंगीचंगी सहरमा आफू  रंगहिन बनेको छु । काम पाउँदै नपाउने पाए पनि केहि नियम कानुन छैन रिफुजीलाई जस्ले जस्तो काम दिए पनि विवश भएर गर्न वाध्य छन्,रोजी रोटीको लागि । एकातिर कामको पिर अर्कोतिर  कार्ड बनाउने पिर अझ अर्को पीर रातो पासपोर्ट बनाउनेको छ । जब जिन्दगीको सबै रंग नै उडेर रंगबिहिन भएपछि के महत्व रातो पासपोर्ट...... ! यस्तै सोचेर एकान्तमा टोलाईरहदा एक्कासी जोनभित्र पस्यो उस्ले मायालु स्वरमा मेरो हात समाएर भन्यो " तिमी निराश नबन यदि तिमी चाहन्छयौ भने म तिमीसंग कोट म्यारिज गर्छु !" खुशी बनौ वा दुखि बनौ ! के गरौ के भनौ रनभुल्लमा परे !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼