Tuesday, March 19, 2013

विश्व नेपाली साहित्य महासंघ इजरायलको नयाँ कार्यसमिति गठन तथा कविता शर्माको ई-बुक बिमोचन

"विश्व नेपाली साहित्य महासंघ इजरायलको नयाँ कार्यसमिति गठन तथा कविता शर्माको ई-बुक बिमोचन"
 
बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले १६ मार्च २०१३मा लेवन्स्की ८ तेल-अभिवमा एक भब्य समारोह बीच ईबुक गीत गज़ल बिमोचन सहित बिदाई र नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष काजल घिमिरेको सभापतित्व, दिपेन्द्र थापाको संचालनमा सम्पन्न कार्यक्रम  इजरायलका लागि नेपाली राजदुत प्रह्लाद कुमार प्रसाई प्रमुख अथिति हुनुहुन्थ्यो ।  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न  कार्यक्रममा महासचिव सुनिता (यासिन )राईले उपस्थित सबैको मन्तव्यबाट  स्वागत गरेकी थिइन । 
कार्यक्रमको बीचमा नव सर्जक तथा विश्व नेपाली साहित्य महासंघकी निवर्तमान अध्यक्ष कविता शर्मा (घिमिरे )को “दुख्छ मन मेरो पनि“गीत,गज़ल ई -बुकको बिमोचन प्रमुख अतिथि प्रसाईद्वारा  बिमोचन गर्नु भएको  थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले  प्रबासमा  रहेर आफ्नो व्यस्तताको वावजुध साहित्य सिर्जनामा लागेर नेपाली साहित्यको भण्डार भरेकोमा खुशी व्यक्त गर्दै  कविता शर्मालाइ बधाई दिनु भएको थियो ।  मन्तब्य कै क्रमम अहिले संचार सुविधा युगिन परिवेशमा कुनै पनि कुरा पढन वा लेख्न पुस्तक पल्टाई रहन नपर्ने भन्दै भोलिका दिनहरुमा विश्व नेपाली साहित्य महासंघ इजरायलले यस्तै नव प्रतिभाहरु जन्माइरहुन् भन्ने शुभकामना व्यक्त गर्नु भयो । इजरायलमा बसेर गीत गज़लमा लाग्नु भएकी  कविता शर्मा (घिमिरे)ले आफ्नो ई -बुक साहित्यिक अनुरागीहरु बीच ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै यसमा लाग्ने प्रेरणा दिने डा.मधुमाधुर्य,रमण घिमिरे, डा. टिकाराम पोख्रेल लगायत अग्रजहरुप्रति आभार व्यक्त गरेकी थिइन  । इजरायलबाट बिभिन्न विधाका साहित्यिक पुस्तक र सिडीहरु प्रकाशित भए पनि इन्टरनेटबाट पढन मिल्ने ई-बुक पहिलो हो  । त्यस्तै कार्यक्रममा सुरेन्द्र प्रसाई, यासिन राई ,निशा खनाल,रोजा ओली ,कल्पना जिज्ञासु, दिपेन्द्र थापा ,राज्यवती धर्मराज भण्डारी लगायतका श्रष्टाहरुले बिभिन्न रचनाहरु वाचन गरेका थिए ।
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा सन् २१ जनवरी २०१२ मा कविता शर्माको अध्यक्षतामा स्थापना भएको शाखा अध्यक्ष शर्मा बिशेष कारणले  नेपाल फर्कन लागेको हुदा पुनर्गठन गरिएको थियो । शर्माको  बिदाई तथा नबगठित  कार्यसमितिको परिचयात्मक कार्यक्रम समेत गरिएको उक्त कार्यक्रममा नयाँ कार्यसमितिलाई अबिर र खादा ओढाएर परिचय  गराइएको थियो । नबगठित कार्यसमितिको काजल घिमिरेलाई अध्यक्षमा चयन गर्दै  २५ सदस्यीय कार्यसमिति गठन  गरिएको छ  । जसको अध्यक्ष-नानु घिमिरे(काजल), उपाध्यक्ष- कृष्ण कुमार रायमाझी, उपाध्यक्ष- दिपेन्द्र थापा, महासचिब- सुनिता राई ( यसिन राई ), सचिब -सबिना खड्का ,सहसचिब -सानु गुरुङ्ग , कोषाध्यक्ष -धर्मराज भण्डारी, सहकोषाध्यक्ष -यमुना ढकाल (मुना) र सदस्यहरुमा निशा खनाल, रजनी शर्मा, सावित्रा लुईटेल, सुरेन्द्र प्रसाई, कल्पना पौडेल( जिज्ञासु ), देवी सुबेदी, राज्यवती त्रिपाठी, रश्मी सुबेदी,कोपिमाया राई,लिला प्रसाई, पन्च शेर्मा,करुणा थापा, जमुना घिमिरे, संगीता सुबेदी, चन्द्रा के .सी,गीता उप्रेती चुनिएका छन।  
उक्त कार्यक्रममा विश्व नेपाली महासंघ इजरायल साखाका प्रथम उपाध्यक्ष कृष्ण रायमाझी ,अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका अध्यक्ष प्रमोद लम्साल, सत्यसाइबाबा केन्द्रका उपाध्यक्ष्य सूर्य साइराम, विश्व नेपाली साहित्य महासंघका सल्लाहकार बिजय बिष्ट,लगायतका बक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए । उलेख्य नेपालीहरुको उपस्थिति रहेको कार्यक्रम दिउसो १२.३० देखि ३ बजे सम्म चलेको थियो । कार्यक्रममा नाचगान सहित जलपानको ब्यवस्था पनि गरिएको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼