.jpg)
चोट देउ सक्ने जति हाँसी हाँसी लिइ दिन्छु
खुशी तिम्लाई मिल्छ भने बिषकै प्याला पिई दिन्छु
रोज्यौ तिम्ले अर्कैलाई मेरो मन दुखाएर
दोबाटोमा एक्लै रुन्छु तिम्रै माया लुकाएर
फूल जति तिम्लाई भयो म काँडा बीच जिई दिन्छु
खुशी तिम्लाई मिल्छ भने बिषकै प्याला पिई दिन्छु
संगै जिउने बाचाकसम पलभरमै तोडी गयौ
उज्यालोमा रम्यौ आफू अँधेरीमा छोडी दियौ
छिया छिया भा'को मुटु धर्यताले सिई दिन्छु
खुशी तिम्लाई मिल्छ भने बिषकै प्याला पिई दिन्छु
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼