Friday, March 29, 2013

होलीपर्व र यसका सम्झना "

 "होलीपर्व र यसका सम्झना "

 
 
 
 
हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो दुई दिन मनाइन्छ ! यो एक धार्मिक र सामाजिक पर्वको रुपमा मनाइदै आएको चाड हो ! बालक  बृद्द नारी पुरुष सबैले उत्साह र उमंगको साथ मनाउने यस पर्वमा जातिभेद र बर्णभेदको कुनै स्थान रहदैन ! सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा लिन्छन । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। होलीले दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मेलमिलाप र सहिष्णुता भावना फैलाउछ । घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्व पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू नाच्दै गाउदै एक अर्कालाई रंग लगाउदै रमाउछन् ! यस पर्वलाई फाल्गुणको महिनामा मनाउने हुनाले यस पर्वलाई फगुआ पनि भनिन्छ। होली पर्व  होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ। सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ।
 
 
 
म केहि बर्ष अघि देखि इजरायलको हाइफामा छु । यहाँ बसेको ६ वर्ष भयो । बसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले मनमा तरंग फैलाउछ । यहाँ पनि नेपालीहरुले होली धुमधामका साथ मनाउंछन् । म त्यही रमाइलो माहोलमा हराउँछु । सारा दुख, पीर बिर्सिदिन्छु । यहाँ भ्याएसम्म होलीको त्यो दिन,नभ्याए त्यो हप्ता मिठामिठा परिकार बनाएर खाने चलन छ । अपार्टमेन्टमा नाचगान गरिन्छ । रंग पोतिन्छ । अबिर दलिन्छ । रमाइलो गरिन्छ । बिदा नहुनेहरु पनि आफ्नो नजिक काम गर्ने साथीभाइ जम्मा भएर मिठा मिठा परिकार पकाएर खादै रमाइलो गरि मनाउछन् । जुन तरिकाले पनि नेपाली संस्कृति र परम्परालाई नेपाली जहाँ रहे पनि नेपालीहरुले पछ्याई रहेका हुन्छन ।
समय संगै धेरै कुराहरु परिवर्तन हुदैछ । समय अनुसार होली पर्वमा पनि धेरै परिवर्तन आएको मैले महसुस गरेको छु । अहिले यहाँ पनि होली पर्व जस्तै "पुरिम" मनाउछन् । गएको हप्ता मात्र त्यो चाड सकियो । यो बिशेश गरेर केटाकेटीहरुको चाड हो । केटाकेटीहरुलाई नयाँ कपडा लगाउछन् । अझ बिशेष गरि अन्य देशका पोशाक त्यस दिन पुरिमको लागि तयार गरिएको हुन्छ । मुख हात र शरीरमा बिभिन्न थरिका रंग पोतेर रंगीबिरंगी बनेर हिँडेको देख्दा हाम्रो चाड होलीको सम्झना दिलाउँछ । हाम्रो पनि रंगको पर्व यिनीहरुपनि रंगमा रंगिन्छन नाम मात्र फरक ।
यतिबेला मेरा कलेजका दिनहरुको बिछट्टै याद http://ekantipur.com/saptahik/article/?id=10118आइरहेको छ । होलीको करिव ४ दिन बागबजारको बाक्ला घरहरुको बीच हुदै पद्मकन्या कलेज पुग्नै लाग्दा माथीबाट पानीका फोहराले जिउ निथ्रुक्क भिजाई दिए । माथी फर्केर हेर्दा कोहि देखिएन । त्यहा“ झगडा गरेर बस्ने समय पनि थिएन । म एकदमै मुर्मिरिए“ । गर्मी लाग्न थालेकोले आफै सुक्ला भन्दै कजेजको गेटभित्र पसे । शुरु भयो २ वटा क्लास सकिए पछि कपडा पुरै सुक्यो । जब कपडा सुक्दै आयो पिसाबको गन्ध कोठाभरी फैलियो सबै जना यता उति पल्याकपुलुक हेर्दै नाक थुन्न लागे वरीपरि बस्ने साथीहरु परपर सर्न लागे । कसकोबाट आएको गन्ध भनेर सबैले यताउता हेर्न लागे । न मेरै पो हो कि भनेर आफ्नै कपडा सुघेको सुघिसक्नु थिएन् । जुरुक्क उठेर ट्याक्सी चढेर घरतिर लागें । यो घटनाले धेरै दिन कलेज जानै सकिन पछि सम्म मन दुखायो । होली आयो कि यहि घटनाले मन अमिलो पार्छ । यसरी अब आउने होलीमा पानी लगायत अनेक दुर्गन्धित बस्तु मिलाएर लोला नहानियोस भन्दै रंगहरुको पर्व होलीले सबैमा माया सद्भाव भरिदिओस् सबैलाई होलीको शुभकामना ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼