इजरायलका नारी श्रष्टाहरुले यसरी मनाए नारी दिवस

समयको अभाव र प्रत्यक्ष भेटघाट हुने अवसर न्यून रहेको हुँदा सबैको अनुकुलता र पहुँच हुने सम्भावनाको एक मात्र बिकल्प स्वरुप यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दीप्स शाह, मिरा मन थापा, भगवती बस्नेत, कल्पना भाबुक, निशा खनाल अर्याल, लक्ष्मी अनुरागी, सावित्रा लुइँटेल, आरजु शर्मा, राधा भट्टराई, निर्मला खड्का, लिला रिजाल लगायतका श्रष्टाहरुले नारीवादी चिन्तनमा कोरिएका साहित्यिक रचनाहरु वाचन गर्नुका साथै यसै बिषयमा विमर्श गर्नु भएको थियो ।
नेपाली साहित्यको डायास्पोरिक माहोलमा इजरायलको नेपालीसाहित्यिक गतिविधिलाई तिव्र र प्रभाबकारी बनाउनमा मुख्य भूमिका खेल्दै आइरहेको संस्था ‘अनेसास इजरायल’ को पहलमा यसपालीको अन्तर्राष्ट्रिय नारी दिवशले महिलाहरुको पक्षमा वकालत गर्न र महिलाहरुलाई सक्रिय र आत्मविश्वासी बनाउनमा मद्दत गर्ने विश्वास र उद्देस्य सहित सो अनलाइन भेटघाटको आयोजना गरिएको थियो ।
कार्यक्रम साँझ नौ बजेदेखि तीन घण्टा संचालन गरिएको थियो भने अनेसास इजरायल च्याप्टरका पदाधिकारीहरु लगायत इजरायलमा रहनु भएका अन्य महिला र पुरुष सहभागीहरुले समेत श्रोताका रुपमा उपस्थिति जनाउनु भएको थियो ।
This comment has been removed by the author.
ReplyDeleteअनेसास इज्रायलको चेतनशिल गतिबिधी बारे जानकारी गराइदिनु भएकोमा सम्प्रेशिका भगवति बस्नेतमा धन्याबाद!
ReplyDelete