बसन्तको आगमन : कविता
बसन्तको आगमको
पूर्व सन्ध्याले
उषाको आलोक निम्त्याउदैछ
कोइलीहरु कोकिल कण्ठले
सुमधुर धुन गुन्जाइरहेछ
सिरिसिरी पवनले
हल्लिरहेका नव पालुवाहरु
मनमोहक प्रकृति
असंख्य सपनाका खात
असिमित जीवनका रंगहरु
धेरै छन् साथी संगीहरु
म त रम्छु यता पनि उता पनि
बसन्तको आगमनले
तर शरद र हेमन्त पनि
कहाँ पछि छन र ?
जिन्दगी न हो
यसै पनि बित्नुछ
उसै पनि बित्नुछ
मलाई त अझ बर्षात र शिशिर पनि
उस्तैउस्तै लाग्छ ......
बसन्तको आगमको
पूर्व सन्ध्याले
उषाको आलोक निम्त्याउदैछ
कोइलीहरु कोकिल कण्ठले
सुमधुर धुन गुन्जाइरहेछ
सिरिसिरी पवनले
हल्लिरहेका नव पालुवाहरु
मनमोहक प्रकृति
असंख्य सपनाका खात
असिमित जीवनका रंगहरु
धेरै छन् साथी संगीहरु
म त रम्छु यता पनि उता पनि
बसन्तको आगमनले
तर शरद र हेमन्त पनि
कहाँ पछि छन र ?
जिन्दगी न हो
यसै पनि बित्नुछ
उसै पनि बित्नुछ
मलाई त अझ बर्षात र शिशिर पनि
उस्तैउस्तै लाग्छ ......
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼