बितेको
समय जस्तो बिते पनि आउने समय राम्रो हुन्छ भन्ने आशा मनमा भर्दै सबैमा
सकारात्मक सोच आवोस् । नयाँ बर्षको आगमनले सबैको जीवनमा नयाँ विहानीको
लिएर आओस ।अधुरा सबै काम पूरा होउन् । राष्ट्रप्रेमको भाव जगाएर शिष्टता,
शालीनता र सभ्यता तर्फ अभिप्रेरित भइ भाइचारा र सदभावपुर्ण बाँच्न र बचाउन
सकियोस् ।
नयाँ सम्भाबना र अवसरका क्षितिजहरु खुल्दै जाउन् । बसन्त ऋतुमा लाली गुराँस, सुनाखरी, चेरी फूहरु फुलेर प्रकृतिनै हराभरा पारेझैँ मन प्रभुल्ल होस् । बेली र चमेलीको सुवाशले मनमा उमंग, उत्साह र खुसिहरु फुलाई रहोस् भन्ने कामनाका साथ मेरो संसारमा भिजिट गर्ने सम्पूर्ण आगन्तुकहरु लगायत सम्पूर्ण नेपालीहरुमा "नव बर्ष बिक्रमसम्बत :२०७०" को हार्दिक मंगलमय शुभकामना !!
शान्ति छावस् चारैतिर कान्ति सबको मुहारमा
खुसि ल्याउ नयाँ बर्ष बसन्तको बहारमा
आशा राखौ दुई हजार सत्तरीसाल खास हुन्छ
उस्तै दिन महिना होस् नयाँ हुँदा आश हुन्छ
नयाँ नौलो काम बनोस् हर एक प्रहरमा
झिलिमिली बत्ति बलोस् मेरो आफ्नै सहरमा
बिकासका काम हुन् निकास देशले पावोस्
दया,माया करुणाको सबमा वर्षाद ल्याओस्
मुर्चुङ्गा र बासुरीको धुन सुन्दै नाचिरहू
यो धर्तिमा जहाँ बसौ नेपाली भै बाचिरहू
दृढ विश्वास, आँट हिम्मत साथी बनुन् सधैभरि
फलोस् फूलोस सबको जीवन पूर्णिमाको जूनसरि
पूरा हुन इच्छा आकांक्षा मनमा होस् हर्ष
जोश,जाँगर, उल्लास बोकी आओस् नव- वर्ष !

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼