भगबती बस्नेत- नेपाली नयाँ बर्ष २०७० को अवसर पारेर इजरायलको हाइफाबासी चेलीबेटीहरूले नयाँ बर्ष नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र शिब परियार सँग सामुहिक भेटघाट गरी शुभ कामना आदानप्रदान गरि नवबर्ष भव्यताका साथ मनाएका छन् ।
एक आर एनए इजरायलका अध्यक्ष सुवास खरेल, सचिव लिला चौलागाई लगायतको बिशेष उपस्थितिमा झन्डै ६० जना चेलीबेटीहरुको सहभागिता रहेको थियो । महिला समाजसेबी भाबती बस्नेतको सभापतित्व अर्चना पिदाकोतीको संचालनमा उपस्थित सबैलाई अमृता अधिकारीले मंब्यबात स्वागत गरेकी थिइन।http://nepalkuwait.com/koselinews/nk/news.php?news_id=7426
नेपाली नया वर्षको उपलक्ष्मा उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै यस भेगमा काम गर्ने दिदी बहिनीको एकता सद्भाव सदैव यस्तै रहोस भन्ने कामना एन आर एन को अध्यक्ष सुवास खरेल ले गर्नु भयो । सम्पूर्ण हाइफामा कार्यरत नेपाली चेलीबेटीलाइ शुभकामना दिनुको साथै यहाँका दिदी बहिनीलाई भेटन पाएकोमा खुसि व्यक्त गर्दै प्रसिद्द गायक शिव परियार आभार व्यक्त गरेका थिए । लोकप्रिय गायक हेमन्त सर्माले हाम्रो कार्यक्रम स्थलको अवलोकन गर्दै आफूलाई इजरायलमा नभई नेपालकै पोखराको लेख साइटतिर भएझै अनुभव गरे भन्दै इजरायलको बारेमा जे सुनेको थिए। यहाँ आएर हेर्दा त्यो बिल्कुल गलत रहेछ ! दिदीबहिनीहरु आफ्नो काम प्रति इमान्दार भएर काम गरि आफ्नो घर समाज र देशको लागि उदाहरणीय काम गरिरहनु भएको भन्दै सर्हाना गरेका थिए !त्यस्तै आफ्नो व्यस्त समयको वाबजुध चेलिबेटीको कार्यक्रममा आफ्ना गीत संगीतले रोमान्चित वातावरण बनाई चेलिबेटीको नया बर्ष अझ रौनक थपेकोमा सम्पूर्ण उपस्थित आगन्तुक सहित दिदी बहिनीलाई धन्यवाद दिदै भगवती बस्नेतले कलाकारहरुलाई सम्पूर्ण चेलीबेटीको तर्फबाट अथिति कलाकारहरुलाई रकम उपहार स्वरूप हस्तान्तरण गरेकी थिइन ।
प्रसिद्द गायक शिव परियारले मलाई जालमा पार्यो फेसबुकले र लोकप्रिय गायक हेमन्त शर्माले क्या दामी भो र माया त यस्तो होस् भन्ने गीतमा सबैलाई नचाएका थिए ! कार्यक्रममा आफ्ना बिशेष प्रस्तुति दिएका थिए । अन्तमा चेलीबेटीहरुले आ-आफ्नो घरबाट बनाएर ल्याएको मिठा मिठा नेपाली परिकार सबैले मिठो मानेर खाएका थिए ! कार्यक्रम दिउसो १ बजे देखि ५ बजे सम्म चलेको कार्यक्रमा प्रसिद्द गायक शिव परियार, लोकप्रिय गायक हेमन्त शर्मालाई प्रदेशिभुमिमा प्रत्यक्ष भेट्न पाउँदा चेलीबेटीहरु निक्कै निकै हर्षित भएका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼