Wednesday, May 1, 2013

मनमा गडेको मान्छे (कविता )

मनमा गडेको मान्छे (कविता )

धेरै मान्छेको भीडमा एक
तर आखाँको नानी
हृदयको हाँगामा बसेको
अजम्बरी साहित्य अनुराग
मनको आँगनमा


फुलेको मखमली
मनमा गडेको बर
मेरो आँखाको नानीमा
उभेको मान्छे
थाकेको मन र हृदयलाई
महासागर पुग्ने
गंगोत्रिदेखि
बहकिएको गङ्गा
निरन्तर बगिरहेछ
उसलाई सागर पुग्न देउ ....

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼