Thursday, May 9, 2013

मेरो आखाँको दृष्टि हुन् मेरी आमा

प्रतिकृया:- 
 मेरो आखाँको दृष्टि हुन् मेरी आमा

आमा शब्द सुन्दैमा आफैमा अवर्णनीय छ । पवित्र र धन्य हुन्छ मन . यसैले आमाको सम्मान र प्रतिष्ठा अतुलनीय मानिएको हो । शास्त्रमा वर्णन गरे अनुसार आमाको गौरब गुरुभन्दा दश लाख आचार्यभन्दा
लाख तथा पिताभन्दा हजार गुना बढी भएको बताइन्छ । वास्तवमा नारीको
अस्तित्व विशेषतः मातृत्वमा नै समाहित हुन्छ । गर्भधारणपछि नौ महिनासम्म


आफ्ना कोखमा राखेर शिशुलाई जन्म दिने आमा वास्तवमा नै भगवान् हुन् ।
गर्भधारणदेखि जन्मसम्म र त्यसपछि पनि निरन्तर हेरविचार, स्याहार, सुसार
गरेर पूर्ण मनुष्य बनाउन आफुले खाएका खानेकुरा अन्न जलबायु तथा आफूभित्र
भएको स|स्कारजन्य छाप आफ्नो शिशुलाई दिएर आमाले जानीनजानी सन्तानको
शृष्टि गरेकी हुन्छिन । आफ्नो ज्यानको प्रवाह नगरी सन्ततिलाई जन्म दिने
आमाभन्दा पूजनीय यो संसारमा अरु कोही हुदैन ।
आमाको गुनगान शब्दमा व्यक्त गर्न सकिदैन । यसका लागि भावनात्मक तथा
आत्मीय भाषाको जरुरत पर्दछ । किनभने आमा जगदात्री, जगत जननीकी साकार
स्वरूप हुन् । आमाहरुको त्याग, तपस्या र बलिदानबाट नै यस शृष्टिले
निरन्तरता पाएको छ । आमा बिना श्रृष्टि हुँदैन । त्यसैले हामी सबैले सदैव
आमाप्रति उदार हुनुपर्छ । आमा मानव जीवनकी श्रृष्टि हुन् । आमा धर्ति
हुन् जसले सन्ततिलाई आफ्नो गर्भमा राखेर अन्कुराउछिन । उनले धर्ति झैँ
सहनशील भएर अनेकौ दुख र कष्ट सहेर आफ्ना बालबच्चाको पालनपोषण तथा सुरक्षा
गरेकी हुन्छिन् । दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन् ।
समयको परिवर्तनसँगै हरेक कुरामा परिवर्तन भएको छ । आजको प्रतिस्प्रधात्मक
युगमा बाँच्नको लागि सबैले संघर्ष गनु परेको हुन्छ । आफ्नो भविष्य
बनाउने दौड धुपमा जहाँजहाँ पुगे पनि आमा आफ्ना छोराछोरीको बीचको शारीरिक
सम्बन्ध टाढा हुनु  पर्ने वाध्यता हुन्छ  । तर पनि उनीहरु मानसिक रुपमा टाढा
भएका हुँदैनन् । समय जति फेरिए पनि हाम्रो संस्कृति अनि परम्परागत चाडपर्व मनाई रहेका हुन्छौ । यही रीतको एउटा चाड हो- मातातीर्थ औंसी पनि ।
आजको संचारको युग भएकोले छुन नपाए पनि पनि इन्टरनेटको सहायताले धेरथोर
बोलेर आफ्ना भावनाहरु कोरेर वा उपहार पठाएर भए पनि छोराछोरीले आमाको
सम्झना गरिरहेका हुन्छन् । समय फेरिए पनि आमाप्रतिको श्रद्धा उही
उचाईमा देखिन्छ,र रहिरहने छ ।

जन्म दियौ आमा तिमी धन्य छौ
सारा जगमा तिमी नै मान्य छौ ।
बैशाख कृष्ण अमवाश्यमा हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिन पर्छ ।
यसै दिन आमासँगै बस्न नपाएको पनि बर्षौ बितेछ । जहाँ भए पनि आमासँग
भलाकुसारी गर्न पाउँदा मन प्रफुल्ल हुन्छ ।
मेरी आमा आफ्नो बाबा आमाको एक्ली सन्तान हुनुहुन्छ । माइतीको प्रशस्त धन,
सम्पति भए पनि मेरी आमाले आफ्नै परिश्रमली कमाएको आफ्नो गाउँको जमिन र
घरलाई आफूभन्दा धेरै माया गर्नुहुन्छ । उहाँ घरबाट बाहिर जता गए पनि
फूलहरु वा फलफुलका बिरुवाहरु एउटा न एउटा लिएर फर्किनु हुन्छ । आफ्नो घर
वरीपरि बगैचामा थरिथरिका फूलहरु रोप्नु करेसामा बिभिन्न फलका बोटहरु रोपर
बगैचा बनाउन उहाँ सौकिन हुनुहुन्छ । आफ्ना घरमा आएका कुनै पनि मान्छेलाई
खाली हात नपठाउने उहाँको बानी छ । घर वरिपरी लगाएका रुख बिरुवाहरुमा ,
करेसाबारीमा खेतका कान्लामा आफूले रोपेको बर पिपल र धुलाम्मे गोरेटो
भित्रको परिवेशमा मेरी आमा मनमौजी आत्मादेखि नै रमाउनु हुन्छ । मलाई मेरो
आमा संसारको सबै भन्दा प्रिय लाग्छ । My mom is the best mom of the world .
आज आमाको मुख हेर्ने दिन भन्न चाहन्छु ।
आमा म हजारौ बर्ष हजुरको कोखबाट जन्मन पाँउ ।
मेरी आमा
मेरो आखाँको दृष्टि हुन् मेरी आमा
मेरो जिन्दगीको शृष्टि हुन् मेरी आमा
अर्थहीन जिन्दगीमा अर्थ पहिल्याई दिने
सुगन्धिला बिचारले मस्तिष्क रंग्याई दिने
अँध्यारोलाई  हटाएर शब्दको भाषा होइन
मनको भाव बुझिदिने
अप्ठ्यारा सुस्ताका उकालीमा धैर्य गर्न सिकाउँदै
सहासिलो र दृढ निश्चय गर्ने हिम्मत दिलाउने
आफू दु:खले भरिएर पनि
मेरो खुसीमा रमाउने
धर्यताको प्रतिमूर्ति नारीको सच्चा रुप
ममताकि खानी
मेरी आमा...
गुम्यो, बिछोडियो,सबै थोक
र पनि
सहँदै आफनै
निचोरिएर पीडाहरु आफैमा सिमित गरेर
आफ्ना सन्ततिलाई खुशी दिने
दु:खको सागरमा डुबुल्की मार्दै
फेरि प्रेमको सागरमा उठ्दै
अथाह सुखारुपी सागर हुन्
मेरी आमा !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼