Saturday, June 1, 2013

"हाइफा देखि २५५७ औ बुद्ध जयन्ती मनाउन तेल-अभिवको बेताबार्बुर हल सम्मको यात्राअनुभूति "



"हाइफा देखि २५५७ औ बुद्ध जयन्ती मनाउन तेल-अभिवको बेताबार्बुर हल सम्मको यात्राअनुभूति " 
साथीसंगी सँग भेट हुन पाउनु पनि संयोग नै जुर्नु पर्छ यो बिरानो मुलुकमा ! धेरै दिनको प्रखाई पछि  बुद्ध जयन्ति आइपुगेको थियो ! बिदामा जाने भन्ने बित्तिकै मनमा उत्साह र उमंग फैलिने गर्ने रात दिन अशक्त वृद् व्रिदाहरुको रेख देखले मन नै उदास भैरहेको बेला एकदिन भए पनि खुल्ला आकाशमा चरी झैँ उड्न पाउने स्वतन्त्रताले मन आल्हादित भएर  होला चाडै निद्रा देवीले बिदा लिई सकेकी थिइन । उठेर झ्याल खोले चिसो बतास कान छोएर कपालराशी उडाउदै कोठा भित्र पसेको थियो । घर नजिकैका रुखहरुमा चराहरुमो कलवार सुनिदै थियो । मन फुरुंग हुदै थियो हतार हतार उठेर काम सकाए ।


तयार हुन लागे ७.३० भैसकेको थियो गीता दिदीलाई फोन गरे म तयार हुदै छु माथि नै आउनु भन्नु भयो । दिदीको घरमा गए ।

दिदीले बाटोमा खानको लागि चिप्स स्याण्डविच,पानी ठिक पार्नु भएको रहेछ ! झोला बोकेर ओर्लियौ । चन्दालाई फोन गरे हदारमा निस्कदै गर भनेर बाटो म निक्लियौ हामी नयाँ पहिरनमा देखेर ट्याक्सीले लिफ्ट दिदै थियो कति हो हदार सम्मको कति भाडा भनेर सोध्दा त भन्दा त  ५० सेकेल रे १० ले पुग्ने ठाउँमा कसले तिर्छ ५० भनेर सिरुतमा जाने निर्णय गरेर कुरेर बस्यौ । शनिवारको दिन शून शान सडक बिदा मनाउन हिडेका केहि फिलिपिनी श्रीलंकन र केहि इजरायली पनि बस कुर्दै थिए । त्यतिन्जेल हामीले केहि फोटो खिच्यौ ।

१५ मिनेट पनि सिरुट आइ पुग्यो एकै छिनमा हदार पनि पुग्यौ सिरुतबाट ओर्लिएर तेल अभिव जाने ठाउतिर जना अघि बढ्दै थियौ । सुवास भाइको कल आयो दिदी म पनि तेल -अभिव जादै छु संगै जाउ ठुलो द्वारको छेउ बसिरहनु भन्नु भयो । हामी सुवास भाइको प्रखाइमा निकै बेर गफियौ एक अर्कालाई हेरेर रमायौ पनि । चन्दा लामा आफ्नै परम्परागत लामा पोशाकमा सजिएकी थिई भने गीता गुरुङ दिदी आफ्नै गुरुङ पोशाकमा हुनुहुन्थियो भने म साडीमा थिएँ । हामी तिन जना एकै ठाउँमा काम गरेता  पनि अहिले सम्म संगै तेल अभिव गएका थिएनौ । आज तिनजना एकै साथ जना पाएकोमा अत्यन्तै खुशी थियौ । यतिकैमा सुवास भाइ र दिरेश कार लिएर आइपुगे । हामी तीन जना पछाडि बस्यौ । हाइफाबाट तेल-अभिभ पुग्न करिव  १ घण्टा १५ मिनेट लाग्छ कारमा  यदि बाटोमा  जाम भएन भने ! हाइफाबाट हामी ओरालो लाग्यौ । कार एकनशले गुडिरह्यो ! कतै निलो सागरको छेउ हुदै कतै रेलको लिग हुदै चिल्लो सडकमा आफ्नै  रफ्तारमा । चराहरु आकाशमा उडिरहेका थिए । युगलजोडीहरु सागर छेउमा रमाईरहेका देखिन्थे । सडक छेउ छाउमा रङ्गी विरंगी फूलहरु फुलिरहेका थिए । यिनै दृश्यहरुमा आखाँ डुलाउदै  रमाइला कुराकानी गर्दै तेल-अभिवको बताबर्बुरहलमा पुग्यौ । साथीहरु संगीबिरंगी पोशाकमा सजिएका थिए । नेपाली संस्कृति र परम्परा झल्किने परम्परागत पोशाकमा बुद्द जयन्ति मनाउने आउने उर्दी जारी गरे अनुसार नै राइ,लिम्बु,तामांग,सेर्पा, थारु,नेवार,किरात,क्षेत्री,बाहुन सबै जातजातिका परम्परागत पोशाकमा सजिएका दिदी बहिनीहरुको लुगा र गहनाले सजिसजाउ थिए ! हेरिरहूँ जस्ता  यसरी सजिएर त  नेपालमै भए पनि हिड्दैनन् झैँ लाग्यो एक से एक राम्रा दिदी बहिनीहरु निकैबेर हेरिरहे । मानिसहरु धमाधम जम्मा हुदै थिए !
म भने उनीहरुको पोशाक हेरेर मनमुग्ध भइरहे ।  हलको ढोका देखि नै फोटो खिचाउन तछाड मछाड देखिन्थे  कपिलबस्तु दिवस अभियान,एन आर एन  लगायत अन्य संघ संस्थाका साथीहरु आफ्ना संस्थाका परिचय पत्र बाड्न तल्लिन देखिन्थे । राजदुतावाशको मुख्य आयोजनामा एन आर एन लगायत ११ संघ संस्थाको आयोजनामा आयोजित यस कार्यक्रममा सार्क राष्ट्र लगायत अन्य एशियन मुलुकबाट पनि कुटनीतिक प्रमुखहरु आउने भएकोले सबै जना प्रतिक्षारत देखिन्थे । अलि छिटै त्यहाँ पुगेकोले  स्टेजको सजावट हेर्दै निकैबेर रमाएँ । साथीहरुले निकै मेहनतका साथ सजिसजाउ गर्नुभएको थियो । बुद्दको जन्म जयन्ति भएकोले स्टेजको एक छेउमा बुद्दको तस्बीर फलफूल धुप बत्ति र राता पहेला द्वाजा पतंगाले स्टेज रङ्गीन बनेको थियो।

 एकैछिनमा कार्यक्रम शुरु पनि भयो । स्थानीय संघ संस्थाका प्रतिनिधिको सम्बोधन र इजरायलको लागि नेपाली राजदुत श्री प्रलाहद कुमार प्रसाईको सभापतित्वमा उक्त कार्यकम शुरु भएको थियो । नेपाली राष्ट्रिय गान र इजरायली राष्ट्रिय गान धुन  गुन्जिदा सम्पूर्ण नेपालीहरु उभिएर अभिवादन गरेका थिए । इजरायलको लामो बसाइमा धेरै कार्यक्रमहरु गरियो तर नेपाली कार्यकममा इजरायलको राष्ट्रिय गान पहिलो पटक बजेको थियो । यो नै दुइ देश बीचको सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण कडी पनि हो । एक अर्काको भाषा अनि राष्ट्रियताको कदर गरेर नै हामीले एक अर्काको बिश्वास जित्न सकिन्छ भन्ने लागेर नै नेपाल एम्बेसीले इजरायल एशिया चेम्बर अफ कमर्शको Business Development Director Liris Gamaro, इजरायलमा रहेका पर्यटन व्यवसायीहरु, इजरायल सरकारका विशिष्ट व्यक्तित्वहरुलाई पनि सहभागी गराएको थियो ।

कार्यक्रम दुइ चरणमा विभाजित थियो !

पहिलो कार्यक्रम नेपाली भाषामा गरिएको थियो भने दोश्रो चरणको कार्यक्रम अंग्रेजीमा भएको थियो ।कार्यक्रममा म्यानमार,भियतनाम,श्रीलंकाका कुटनितिक नियोग प्रमुखहरू, डेपुटी चिफ अफ मिसन अफ रोयल थाई एम्बेसीको प्रतिनिधि लगायत इजरायलमा कार्यरत सामाजिक संघ सस्थाका प्रतिनिधि र इजराय सरकारका विशिष्ट व्यक्तित्व पर्यटन ब्यबसायी पनि उपस्थित थिए । कार्यक्रम अंग्रजीमा भएकोले धेरै जसोले त्यति ध्यान दिएको देखिदैन्थियो ।  हलमा अत्यन्तै हल्ला सुनिन्थियो । म चाहिँ उनीहरुले के के भन्छन नेपालको बारेमा बुद्धको बारेमा भनेर सुन्न लालायित थिए । इजरायलका पर्यटन ब्यबसायी दानी अब्रहमीले नेपालका पर्यटकिय स्थानको बर्णन गर्दा म चकित भएँ । पर्यटकीय स्थान पोखरा, राफ्टिंग,लुम्बिनी ,गोसाई कुण्ड,चितवन नेशनल पार्क, कन्चन जंघा हिमाल नाम्चे बजार  नेपालमा पाइने होटलहरुको बारेमा सुनेर गौरब लाग्यो र आफै नै कति कुरामा अनभिज्ञ भएकोमा दु:ख पनि लाग्यो । हामीलाई बिहान बेलुकाको छाक टार्न र हातमुख जोर्ने समस्या समाधान गर्न घर देश देखि परदेश सम्म व्यस्त बनाउनु परेको जिन्दगी छ,घुमफिर अनि यी सबै कुरा बारेमा जान्न कहाँ पहुच पुगेको छ र अझै ? एक नेपाली हुनुको बिडम्बना  सम्झिएँ । नेपाली भएर नेपालमा जन्मिएर पनि आफूले नघुमेका दृश्यहरु अनि त्यस ठाउँको बर्णन सुन्दा अत्यन्तै उत्साहित भएँ।
त्यस्तै इजरायलका  दोरण एरेलले १९९२ मा इजरायलबाट सगरमाथा आरोहण  गरेका रहेछन । उनले आफ्ना  अनुभव र सगरमाथा चढ़दा खिचेका तस्विर भिडियो र सगरमाथामा इजरायलको झन्डा फरफराएको दृश्य देखाए ! यी दृश्यहरु देखेर हामी नेपालीलाई गर्व लाग्नु स्वाभाविकै पनि हो । सबैले परर ताली बजाए ।
कार्यक्रमको बीच बीचमा नेपाली संस्कृति र परम्परा झल्किने गीत र नृत्यहरुले कार्यक्रमको रौनकता  थपेको थियो । म कार्यक्रमको आनन्द लिइरहेको थिए । बीच बीचमा साथीहरु ओहोरदोहोर पनि गर्दै थिए ।

त्यस्तै इजरायलका अर्का प्रवातारोही श्री नदाव बेन येहूदाले सगरमाथाको चुचुरोमा पुग्न ३०० मिटर बाँकी हुदाँ एक तुर्की पर्वातारोही अचेत अवस्थामा भेटाएर आफ्नो सगरमाथाको चुचुरोमा पुग्ने योजना बिचैमा छोडेर उसको ज्यान बचाएको कुरा पनि सुनाएका थिए । यसमा उनले सबै भन्दा पहिले मान्छेमा मानवता हुनु पर्छ ! डिग्री हासिल गरेर ठुलो मान्छे बन्छु, सगरमाथा चढेर आफ्नो कृतिमान कायम गर्छु भनेर लाग्छन तर मान्छेमा हुने मानवता बिर्सेर आफ्नो स्वार्थ सिद्द गर्छन । दुनियालाई चिनाउनेकोमा आफू गौरवान्वित हुन्छन तर मैले त्यस्तो गर्न सकिन । मैले पनि  त्यो ब्यत्क्तिलाई त्यस्तै अवस्थामा छोडेर सगरमाथा चढेको भए आफ्नो नाम कृतिमान कायम गर्थे होला तर त्यो अचेत अवस्थामा छोडेर जान मेरो मानवताले दिएन मैले उसको उद्दार गरे म त्यसैमा सन्तुष्टी छु भनेर मानवताको एक मिसाल प्रस्तुत गर्दा सबैको आँखा आशुले भरिएका  थिए।



बक्तब्यको क्रममा म्यानमारका महामहिम राजदुतज्यू Mr. Myo  Aye ले आफुले इजरायलको ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोले  खुसि व्यक्त गर्दै लुम्बिनी बिकाशको लागि जुनसुकै सहयोग प्रदान गर्न तयार रहने कुरा पनि आफ्नो मन्तब्यमा राख्नु भएको थियो । त्यस्तै श्रीलंकाका महामहिम राजदुत श्री सरतदेबसेना विजय सिंह ज्यूले बुद्धको ज्ञान,दर्शनलाई आत्मसाथ गर्ने सम्पूर्ण धर्मावलम्बीहरुले शान्ति र अहिंसाको मार्गमा चल्न सक्छन भन्दै दक्षिण एशियाको यो मुलुक काम गर्ने सम्पूर्ण काम गर्ने र यो कार्यक्रममा उपस्थित सबैलाई शुभकामना  दिनु भयो । त्यस्तै , थाईलेन्डका डेपुटी चिफ अफ मिसन Mr. Suchart  Liengs Aengthang ले बुद्धको मुख्य उपदेश आन्तरिक खुसी प्राप्त गर्नु हो । अहिले हामीले क्षनिक खुशीमा रमाई रहेका छौ । हामीले सच्चा खुशी बिर्सिएका छौ । जब हामीले पूर्ण रुपमा बुउद्दको ज्ञान अनुसरण गर्छौ तब मात्र खुशी हुन्छौ भन्दै  बुद्ध जयन्तिको अवसरमा सबैलाई  शुभकामना दिनु भएको थियो । यसरी बिभिन्न देशका राजदुतहरुले नेपाल र बुद्धको बारेमा बोलिरहदा एक नेपाली हुनुमा गौरब लागिरह्यो ।
बुद्ध कै अवसरमा गौतम बुद्धको जन्मोत्सव, सगरमाथा हिरक महोत्सव र नेपालको प्रयटन प्रबर्धन गर्ने कार्यकम सयुक्त रुपमा मनाइएको थियो । राजदुत प्रल्लाद कुमार प्रसाई ज्यूले
बुद्धको जन्म र उनका फैलाएका शान्तिको संदेश र बिश्वमा बुद्धको महत्वको बारेमा चर्चा गर्नुको गर्दै  आज भन्दा ६० बर्ष पहिले १९५३ मे २९ मा नेपालका तेन्जिंग नोर्गे शेर्पा र न्युजिर्ल्यांडका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका हुनाले सगरमाथाको हिरक दिवश र नेपालका पर्यटन प्रबर्धनको लागि हामी यहाँ भेला भएका हौ भन्दै लुम्बिनीको परिचय र बिश्व सम्पदामा परेको  अशोक स्तम्भ र यसका लागि अन्य देशले लुम्बिनीलाई  गरेको सहयोगको बारेमा चर्चा गर्दै नेपालको पर्यटनहरुका लागि रमणीय ठाउँहरु सुन्दर प्रकृति, चराहरु जंगल सफारी,राफ्टिंग,हिमालय भएकोले नेपाल भर्मण गर्न आग्रह पनि गर्नु हुदै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको  समापन भएको थियो । खानाको व्यवस्था भएकोले पाहुनाहरुलाई खाना खुवाउन भित्रतिर लाग्दा म पनि उतै लागे । उनीहरुले नेपाली खाना मिठो र अनौठो मानेर खादै थिए । एउटा इजरायलीले रसबरी खादै यो कसरी बनाइन्छ भनेर सोधिन् पनि । उसलाई रसबरीबारे बताउदा अरु ट्वाल्ल परेर मेरो मुखमा हेर्दै पनि थिए ! नेपालीहरुको लागि चाहि बाहिर पट्टि खान राखिएको थियो साथीहरु खानेकुरा खादै रमाउदै थिए ! काममा फर्कने हतारोले म पनि बाहिर निस्किए ।
गीता दिदी र चन्दा अघि नै लुगा फेरेर बसेका थिए । मैले पनि साथीसंग केहि तस्विर खिचाए र घर जान ड्रेस चेन्ज गरे सुवाष भाइ र धिरेश कारमा हामीलाई कुरिरहेका रहेछन । चन्दा आफ्नो पुरानो साथी भेटेकोले उसैसँग गफिन थालिन गीता दिदी र म गाडीमा चढ्यौ । चन्दालाई सन् राइजमा भेट्नु भनेर हिड्यौ !तेल-अभिवको सेन्ट्रल बस स्टेशनमा ओर्लिएर सन् राइज बैक तिर लाग्यौ ! सुवाष भाइको अर्को मान्छेलाई पनि फर्कदा लिएर जानु पर्दा हामी तिन जना मध्ये २ जनालाई मात्र सिट छ भन्नु भयो त्यसैले हजुरहरु जानुहोस हामी अर्कै बसमा आउछौ भनेर छुटियौ । गीता दिदीले सन् राइजमा काम सकेर निस्कन लाग्दा संयोगले कवि दीप्स शाहसँग भेट भयो । इजरायलमा बसेर पनि उहाँको  मुस्कानी फूलहरुमा मुस्कुराउने अवसर मिलेको थिएन । उहाँ निक्कै हतारमा भएकोले एउटा किताव दिएर बिदा हुनु भयो !हामी इन्डियन पसलमा गएर चिउरा, दालमोट,चाउचाउ, पापड, जेरी ,रसबरी अनि मसलाहरू किनेर निस्कियौ ।

तेल-अभिव आएको बेला मम खाएर जाने भन्न थाली चन्दा । सबै भन्दा सानी बहिनीको कुरा नमान्नु पनि भएन हामी  मम पसलतिर लाग्यौ । त्यहाँ दुई जना नेपाली बहिनीहरु एक जना भाई धमाधम खानेकुरा सर्भ गर्दै गरेको खचाखच नेपालीहरु खानेकुरा खादै रमाउदै गरेको देखे । मलाई नेपालीको मम पसल छ भन्ने पनि थाहा थिएन !मम पाक्नेजेल त्यहाँको बहिनीसँग बात मारे । नेपालबाट सिकेर आएको हो " उनले भनिन होइन यता काम पार्ट टाइम भएकोले मम पकाउन सिकेको सुक्रबार सनिबार खुबै चल्छ अरु बेला कार्यक्रम हुदा अड्रर  गर्छन भाडा तिर्न र थोरै पकेट खर्च पुराउछौ । जागर भए मान्छे जहाँ जे पनि गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ! मम पाक्न निकै समय लाग्यो खाएर बस्दा अझ ढिला होला भनेर ,चनाको तरकारी मम, प्याक गराएर एउटा कोक पनि किन्यौ र त्यहाँबाट बाहिरियौ ।  हाइफा आउने बस चढ्यौ । बसको अन्तिम सिटमा तिन जना लस्करै बस्यौ । चना र मम खादै कुराकानीमा हामी मस्त थियौ । बस कहिले घुमाउरो बाटो कहिले जितुनका बोटहरुको सियाल त कहिले डुब्न लागेको पहेलो घामको छाँया पारेर गुडिरहेको थियो ।  थकाइले लखतरान भएर चन्दा र गीता दि निदाए म मुस्कानी फूलहरुमा मुस्काउदै हाइफाको हदार ओर्लियौ । चन्दा हदार ओर्लिएर अपार्टतिर लागिन गीता दिदी र म नेभेशनान आउने अटोबस चढ्यौ । एकैछिनमा आइपुग्ने बाटो कर्मेल, भएर घुमाएर निकै बेर लाग्यो । बसबाट ओर्लिदा अध्यारो भैसकेको थियो आकाशमा जून उदाईसकेको थियो मनमा दिनभरिका रमाईला पलहरु उदाईरहेका थिए । काममा पुग्न हतार भैसकेकोले हतार हतार घरतिर लाग्यौ ।



1 comment:

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼