
गीत
बिहानीको चिसो पवन तिम्रै सुवाष बोकी आउँछ
मगमग सुगन्धले चारैतिर खुशी छाउँछ
तिम्रै न्यानो स्पर्शभै लाँली किरण चुमिदिन्छ
शीतसरि यो मन पनि बाफ बनि उडिदिन्छ
मयुर नाँच्छ,कोइलीले मिठो धुन बर्साउँछ
बैँशभरि लाली जोवन फूल जस्तै मुस्कुराउँछ
भिन्न भूगोल जून घाम एकै हुन् जहाँ पनि
रमाईरहे जहाँ छू म तिमी मेरै प्रिय भनी
कैले मन ताल बन्छ कैले बग्दै रमाउँछ
बैशभरि लाँली जोवन फूल जस्तै मुस्कुराउँछ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼