Friday, June 7, 2013

यायावरी बनेर जीवन धकेली रहेछु (कविता )



     

 यायावरी बनेर जीवन धकेली रहेछु (कविता )


      धुम्मिएको आकाशमा
सल्बलाई रहेका बादलका थुम्का थुम्की
टाढा क्षितिजमा देखिएको एकलाश मरुभूमि
बाटोमा सेताम्मे फुलेका सिरु र काँसहरु
बाझो अनि बन्झर भूमिमा
उम्रिएका तिखा कासक सुइराहरु
कसैको रेखदेख बिना हल्किएका

सुइराहरुले जथाभावी  घोचेर रगत बगिरहेछ
कुनै प्रवाह छैन दुखाईको यायावरी बनेर
जीवनलाई धकेली रहेछु !

पाइला पाइलामा सचेतना अपनाउदै
मनभरी अदम्य सहास बोकेर
मनको शान्ति पेटको भोक मेटाउन
 
रेगीस्तानको बन्जर भूमिको
अध्यारोलाई पन्छाउदै
आशाको किरणले मन उजेलो बनाउदै 
बाटो छेक्ने तगारोहरु पन्साउदै 
आखाँ पिरो पार्ने धुवाँको कालो मुस्लो,  
  कतै ज्वालामुखी कतै सुनामीहरुलाई  
मेरो अस्तित्व मेटाउन नदिई 
अनवरत अगाडि रहन्छु !

यो अर्थहीन जीवन शुन्यतामा बिलिन हुन नदिई
मुल्यवान जिन्दगीको कल्पनामा
चेतनाको आगो मनभरी बोकेर
डाइनोसर र रामपेथेकसको युग सम्झदै
नबिनयुगको नयाँ अनुभूति बोक्ने मावन भएर
नया संसारको खोजीमा अनन्त अनन्त हिडीरहेछु !....

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼