"मलाई तिम्रो छहारी चाहिन्छ" (कविता )
मेरो छहारी, मेरो आश्रय
मेरो आस्थाको धरोहर
मेरो आँगनीको बर
गर्लायमगुर्लुम ढल्यो
म कति बिक्षप्त बनें ?
मैले मेरो भगवान पुकारे
तिमीलाई लाने काललाई धिक्कारे
तर तिमी लमतन्न भएर
निष्फिक्री निदाईरहयौ रे !
मैले तिमीलाई छोडेर आँउद
तिमी सरसौदा थियौ
त्यसैले
मेरो आखाँले देखेको छैन
तिम्रो अन्तिम रुप
बाटो हेरि तिमी मेरै प्रतीक्षारत छौ झैँ लाग्छ
थाहा छ मलाई
अब तिमी यो संसारमा छैनौ
म कसरी विश्वाश गरु ?
तिमी नै मेरो आधार हौ
तिमी मेरो बहार हौ
तिमीनै मेरो पहिचान हौ
म रहेसम्म तिमी रहिरहन्छौ
तिम्रो रगत
मेरो नशानशामा बगिरहेछ
तिमी थियौ र पो म छु !
तिम्रो संस्कार तिम्रो सिक
तिमीले दिएको यो जीवन
अब कसरी अगाडि बढाउँ ?
अनेकौं पटाक्षेपपछि पनि
सुखानुभूतिको आशा गर्ने सिक
अब कोसँग सिकौ ?
तिमी गयौ र म एक्लै छु
हिंस्रक मान्छेको भिडमा
सबैका लागि सबै होलान
तर मेरो लागि कोही छैनन्
मेरो जून डुब्यो र मेरो घाम डुब्यो
म शून्यमा हराइरहेछु !
मेरो शीर खोज्दै
यी विवश आखाँ टोलाए भने
तिमीले
तारा बनेर मेरो साथ दिनु ।
निष्पट अँध्यारोमा
उज्यालो जुन बोकेर तिमी आऊनु
बिहानीको लाली सँगै आशातीत घाममा
म तिम्रो स्पर्श पाइरहूँ
जीवनका आरोह अवरोहमा
त्यो निष्ठुरी शक्तिले मलाई नगाँजेसम्म
अथवा
तिमीजस्तै अनन्त शुन्यमा म नहराउन्जेल
मलाई तिम्रै छहारी चाहिन्छ !
मेरो छहारी, मेरो आश्रय
मेरो आस्थाको धरोहर
मेरो आँगनीको बर
गर्लायमगुर्लुम ढल्यो
म कति बिक्षप्त बनें ?
मैले मेरो भगवान पुकारे
तिमीलाई लाने काललाई धिक्कारे
तर तिमी लमतन्न भएर
निष्फिक्री निदाईरहयौ रे !
मैले तिमीलाई छोडेर आँउद
तिमी सरसौदा थियौ
त्यसैले
मेरो आखाँले देखेको छैन
तिम्रो अन्तिम रुप
बाटो हेरि तिमी मेरै प्रतीक्षारत छौ झैँ लाग्छ
थाहा छ मलाई
अब तिमी यो संसारमा छैनौ
म कसरी विश्वाश गरु ?
तिमी नै मेरो आधार हौ
तिमी मेरो बहार हौ
तिमीनै मेरो पहिचान हौ
म रहेसम्म तिमी रहिरहन्छौ
तिम्रो रगत
मेरो नशानशामा बगिरहेछ
तिमी थियौ र पो म छु !
तिम्रो संस्कार तिम्रो सिक
तिमीले दिएको यो जीवन
अब कसरी अगाडि बढाउँ ?
अनेकौं पटाक्षेपपछि पनि
सुखानुभूतिको आशा गर्ने सिक
अब कोसँग सिकौ ?
तिमी गयौ र म एक्लै छु
हिंस्रक मान्छेको भिडमा
सबैका लागि सबै होलान
तर मेरो लागि कोही छैनन्
मेरो जून डुब्यो र मेरो घाम डुब्यो
म शून्यमा हराइरहेछु !
मेरो शीर खोज्दै
यी विवश आखाँ टोलाए भने
तिमीले
तारा बनेर मेरो साथ दिनु ।
निष्पट अँध्यारोमा
उज्यालो जुन बोकेर तिमी आऊनु
बिहानीको लाली सँगै आशातीत घाममा
म तिम्रो स्पर्श पाइरहूँ
जीवनका आरोह अवरोहमा
त्यो निष्ठुरी शक्तिले मलाई नगाँजेसम्म
अथवा
तिमीजस्तै अनन्त शुन्यमा म नहराउन्जेल
मलाई तिम्रै छहारी चाहिन्छ !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼