Thursday, July 18, 2013

- बिश्वेश्वरप्रसाद कोईराला

हाम्रो देशमा १०० मा ९० जत्ति गरीब छन् | कुटी-कोदालो गरेर गाऊँमा बस्छन्, जसलाई खान-लाउँन पूग्या छैन | नेपाल भनेकै तिनै १०० मा ९० मानिस हूँन् | जब मँ नेपालको कल्पना गर्दछु, त्यसबेला तिनै गरीब दाज्यू-भाईहरूको तस्बिर मेरो अगाडि आउँछ | मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्बिर | अनि मलाई लाग्दछ, यी रोगी, खान नपाएको अनुहार पो हाम्रो देश हो | त्यसो हूँनाले त्यहि खान नापेको पेटमा अन्न जावोस्, हाँस्न नपाएको ओँठमा हाँसो आवोस्, रोगीले औषधिमूलो पावोस्, केटा-केटीले पढ्न पाउँन् भनेरनै हामी राजनीतिमा लागेका हौं | मन्त्रि हौंला, ठूला-ठूला कुर्सीमा जाऔंला भनेर राजनीतिमा लागेका होईनौं |

के नेपाल भनेको यहाँका पाँचवटा शहर मात्र हूँन्? कि नेपाल भनेको गाऊँ हो? हामीले बिकाशका कुरा गर्दा बिकाशले ग्रामीण परिबारलाई के गर्‍यो भन्ने प्रश्नको जवाफ दिन सक्नूपर्दछ | यदि ठूला सडक बन्छ भने मोटर् गाडी जोसित छ, उसले उपयोग गर्छ | जेट् प्लेन् गाऊँलेले चढ्दैन | त्यस कारण मैले प्रधानमन्त्रि हूँदा योजना आयोगको बैठकमा भनेको थिएँ - तपाईँहरू भित्तामा राजाको तस्बिर राख्नूहोस् र साथै नेपालको एउटा गरीब गाऊँले किसानको आँफ्नो झोपडी अगाडि उभिईरहेको चित्र पनि राख्नूहोस् र त्यसको अनुहार हेरेर योजना बनाउँनूहोस् र सोध्नूहोस् - यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाई के लाभ दिनसक्दछ | मँ आज त्यहि प्रश्न सोध्दछु | "

- बिश्वेश्वरप्रसाद कोईराला

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼