मुक्तकहरु
अनुहार बदलेर के गर्नु सोच उही भएपछि
कु-संस्कार र कुरीतिको चपेटामा रहेपछि !
आक्रोश र आवेग त बैजनी रंगहरु न हुन्
ढुंगा पनि देउता बन्छ धर्य गरी सहे पछि
पर्खाईमा बितिसके कति मेरा पलहरू
धर्य गरी कुरिका'छु पाकेका ती फलहरू !
साधा जीवन उच्च विचार यही मूल मन्त्र -
विश्वासमै बसेकोछु हुन्न केही छलहरू !!
रमाउँछन किसानहरु आज कर्कट शक्रान्ति
खेत रोपाइँ सकिएर मनमा हर्ष,सुख शान्ति
सोमबारे बर्त बसी नारीहरु मन्दिर धाउछन
हातमा मेहन्दी सिन्दुर पोते हरियो चुरा हातभरी
एकनाश नहुने यो उदाश उदास जिन्दगी
कतै छ रुवावासी कतै अट्टहास जिन्दगी
जीवनका उतार चढाव कतै हाँसो कतै आँशु
कतै छल कतै बल अनेक आभाष जिन्दगी
अनुहार बदलेर के गर्नु सोच उही भएपछि
कु-संस्कार र कुरीतिको चपेटामा रहेपछि !
आक्रोश र आवेग त बैजनी रंगहरु न हुन्
ढुंगा पनि देउता बन्छ धर्य गरी सहे पछि

पर्खाईमा बितिसके कति मेरा पलहरू
धर्य गरी कुरिका'छु पाकेका ती फलहरू !
साधा जीवन उच्च विचार यही मूल मन्त्र -
विश्वासमै बसेकोछु हुन्न केही छलहरू !!
रमाउँछन किसानहरु आज कर्कट शक्रान्ति
खेत रोपाइँ सकिएर मनमा हर्ष,सुख शान्ति
सोमबारे बर्त बसी नारीहरु मन्दिर धाउछन
हातमा मेहन्दी सिन्दुर पोते हरियो चुरा हातभरी
एकनाश नहुने यो उदाश उदास जिन्दगी
कतै छ रुवावासी कतै अट्टहास जिन्दगी
जीवनका उतार चढाव कतै हाँसो कतै आँशु
कतै छल कतै बल अनेक आभाष जिन्दगी
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼