
केहि दिन भेट नहुँदामा भेट हुने दिन गन्छौ
मायाभरी छाति छुँदै तिमी मेरी मुटु भन्छौ
यति धेरै माया दिन्छौ कहाँ राखौ सम्हालेर
कैले पोखूँ भन्ने भा'छ तिमीलाई अंगालेर
यति टाढा हुदा पनि सँगै भाको आभास दिन्छौ
मायाभरी छाति छुदै तिमी मेरी मुटु भन्छौ
राम्रो तिम्रो जिउडाल सुहाउछ सारी भन्छौ
संसारमा सबैभन्दा मन परेको नारी भन्छौ
मैले हिड्ने बाटोभरी फुलै फूल छरिदिन्छौ
ओठभरि मुस्कान छर्दै नयनहरु भरिदिन्छौ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼