यो औसीको रात (कविता )
नाइलझैँ अनवरत यात्रा
बाध्यताले जकडिएको जीवन
क्षितिज पारीको बिरानो गाउं
कहाली लाग्दा बाटाहरु
निष्पट औसीको यो रात
निरही मन
जुनकिरीहरुको सल्बलाहट
भ्यागुताहरुको आर्तनाद
म यसै दु:खि
म उसै दु:खि
मुसलधारे वर्षा
अध्यारो कालरात्री
जताततै कैकैयीहरु भेट्छु
जिन्दगी उजाड उजाड छ
मेफिस्टोफिलेसहरु यतै उतै
एक डालो फूल कहिल्यै फुलेन
मेरो आँगनको डिलभरि !
नाइलझैँ अनवरत यात्रा
बाध्यताले जकडिएको जीवन
क्षितिज पारीको बिरानो गाउं
कहाली लाग्दा बाटाहरु
निष्पट औसीको यो रात
निरही मन
जुनकिरीहरुको सल्बलाहट
भ्यागुताहरुको आर्तनाद
म यसै दु:खि
म उसै दु:खि
मुसलधारे वर्षा
अध्यारो कालरात्री
जताततै कैकैयीहरु भेट्छु
जिन्दगी उजाड उजाड छ
मेफिस्टोफिलेसहरु यतै उतै
एक डालो फूल कहिल्यै फुलेन
मेरो आँगनको डिलभरि !
- Navraj Basnet wauuuuu didi so nice kya sabda xa jindagiko kya vavharu xan hajurka haraf haruma i like it?
- Basant Bam फेसबुकको वालभित्र केही दम्दिलो सृजनाहरु पनि भेटिन्छन . भगवती बस्नेतजीको केही सृजनहरु
यसकोटिमा छ आजकल . काव्यलेखनमा मिथकहरुको प्रयोगले तीनै काल - भुत, वर्तमान र भविष्य
समेटिन्छन् . जीवन तीनै कालमा छ . केही पलअघिको जीवन, यो क्षण र तुरन्तै आइपुगेको अर्को क्षण . यसरी हामी तीनै काल बाचेका हुन्छौ एकैचोटी . मिथकले कुनै जातिको, हजारौ वर्ष पुरानो अनुभूतिहरु समेटेको हुन्छ . र हजारौ वर्ष पछिसम्म पनि बाच्ने सम्भावना हुन्छ त्यो. यसो र, खाँटी कविहरु मिथक, विम्ब,रुपक भनेपछि मरिमेट्छन . कैकेयी रामायणको ठुलो पात्रा हुन् . कुस्तित भावनाका पात्रा. लोग्ने दशरथलाई फसाएर रामलाई चौध वर्ष वनवास पारी आफ्नो छोरो भरतलाई सिहासनमा राख्ने कैकेयी जस्ता पात्रा आज पनि हामी भेट्छौं हाम्रो समाजमा र युद्ध छेड्छौ त्यस्ता कैकेयीहरुसंग आफ्नो समाज स्वस्थ राख्नलाई . यो, यस्तो संघर्ष हो जुन हामी मानवले निरन्तर राख्नु पर्ने वाध्यता सधैसधैलाई छ . भगवतीजीले गोथेको एनिएडबाट मेफिसस्तोफिलेस लिनुभएको छ - बेस भएको छ. उहा आफ्नो अनुभूतिलाई अनुभुतिलेखनले लेख्नुहुदै छ . परिस्थिति उहालाई बिब्ल्याटो रहेछ अहिले, कहालीलाग्दो रहेछ ती क्षणहरु . मेफिस सैतान हो एनिएडमा . उज्यालोको सम्पुरक अध्यारो भएजस्तै हामीलाई कहिलै छोडदैन जीवनमा दुख र पीडाहरुले . जीवनबाट खुसी छिन्न खोज्छ पीडाहरुले . सैतान सधै झुण्डिरहेकै हुन्छ जीवनमा. सैतानले जित्नजित्न खोजेको स्तिथिभित्र भगवतीजी हुनुहुदो रहेछ अहिले . लेखन त कला हो . कला फेरि जीवन हो. लेखनले खुशीको वकालत गर्छ जीवनमा. कैकेयी र मेफिसजस्तासंग संघर्ष गरेर खुशी ल्याउन खोज्छ जीवनमा. त्यसैले अहिले भगवतीजीको आगनमा "एक डालो फुल " नफुलेता पनि (खुशी नआएता पनि ) भोलि त फुल फुल्ने नै हो .
भगवतीजी सिरियस लेखनतिर लाग्नु हुदै छ .
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼