हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । हिजो र आज हाम्रा संस्कृतिहरु पनि फरक किसिमले मनाउन थालेका छौ ! हामी प्रवाशमा छौ ! तर पनि हाम्रो संस्कृति सँगै ल्याएका छौ । यहाँ पनि हाम्रो परम्परा संस्कृति अनुसारका सम्पूर्ण चाडवाड मनाउछौ ! हामी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी प्रवासमा दुःख गरिरहदा आफ्नो आफन्त आफ्नो देश नेपालको यादलाई कमी गर्ने साथीभाइसँग भेट हुने अवसर यही चाडले दिन्छ ।त्यसैले चाडवाड मध्यको " तीज "लाई गहन रुपमा लिइन्छ ! महिलाहरूलाई कामकाजको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। म केही बर्ष देखि इजरायलमा छु । हामीले प्रतयेक चाडवाड मनाउदै आएका छौ । सबैको एकै प्रकारको काम नहुनाले कतिलाई कार्यक्रममा जाने बिदा मिल्छ कतिलाई मिल्दैन ! हामीले वरपरका सम्पूर्ण साथीहरुलाई भेला गरेर आज नेभेसनानको हनिता पार्कमा तीज मनायौ ! टाढा टाढाबाट साथीहरु आउनु भएको थियो ! सोचे भन्दा धेरै रमाइलो भयो ! उपस्थित साथीहरुलाई दर खुवाउने नाचगान गर्ने कार्यक्रम गर्यौ ! कार्यक्रममा सहभागी हुनु हुने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद !
Monday, September 2, 2013
२०७० को तीज नेभेशानान हाइफामा ..

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼