गीत
लाग्छ मलाई हरेक पल तिमीसँगै बसिरहूँ
न्यानो न्यानो अँगालोमा एकनाश कसिरहुँ
मायामा नै भुल्यो जीवन मायाले नै सताउँछ
एकान्तमा याद आउँदा फेरि आँखा रसाउँछ
बाँसुरीको धुन जस्तै तिम्रै बोली सुनौ लाग्छ
तिमीसँग कोशौ हिंडें अब त्यतै भुलौं लाग्छ ।
मिर्मिरे र गोधुलीमा गाउँछु अब तिम्रै गीत
थाहै नपाई बसेकोथ्यो तिमीसँगै अजर प्रीत
तिम्रै दिलको सागरमा जुनीजुनी पसिरहूँ
हरजन्ममा यसै गरी तिमीसँग बसिरहूँ ।
लाग्छ मलाई हरेक पल तिमीसँगै बसिरहूँ
न्यानो न्यानो अँगालोमा एकनाश कसिरहुँ
मायामा नै भुल्यो जीवन मायाले नै सताउँछ
एकान्तमा याद आउँदा फेरि आँखा रसाउँछ
बाँसुरीको धुन जस्तै तिम्रै बोली सुनौ लाग्छ
तिमीसँग कोशौ हिंडें अब त्यतै भुलौं लाग्छ ।
मिर्मिरे र गोधुलीमा गाउँछु अब तिम्रै गीत
थाहै नपाई बसेकोथ्यो तिमीसँगै अजर प्रीत
तिम्रै दिलको सागरमा जुनीजुनी पसिरहूँ
हरजन्ममा यसै गरी तिमीसँग बसिरहूँ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼