गीत
कैले माया परेलीमा बिझाएर रोएँ
कैले माया कलेजीमा बिझाएर रोएँ
छुरी हान्दै बराबर मुटुभित्र चोट दियौ
जीवनभरी नबिर्सिने अजम्बरी खोट दियौ
चुपचाप सहेर नै तिम्रै खुसी हेरिरहें
शुन्यतामा हराउँदै म त केवल रोइरहें
गोरेटोमा डोरेटोमा पधेरीमा तिमी खोजें
जिन्दगी आरम्भमै तिमीलाई मैले रोजें
मनको तिर्खा मनभित्र सुकाएर अति रोएँ
तिमीबाटै ओंझेल हुँदा भन फेरि कति रोएँ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼