Sunday, October 6, 2013

समाचार !

आदरणीय साहित्यप्रेमी महानुभावहरु,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट यस वर्ष उत्कृष्ट रचनाहरु संकलन गरी विभिन्न विधाहरु क्रमशः कथा, कविता, गजल, नियात्रा, हाइकु, गीत तथा अंग्रेजी भाषामा कृतिहरु प्रकाशन गर्ने अनेसास केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकबाट निर्णय भएको सहर्ष जानकारी गराउन चाहन्छौं । विश्वमा छरिएर रहनु भएका साहित्यकारहरुको प्रतिभालाई उजागर गरि नेपाली साहित्यको भण्डार भर्ने उद...ेश्यले अभिप्रेरित यस कार्यमा रचनाहरु प्रदान गर्न हाम्रा चाप्टरहरु तथा यहाँहरुको सहयोगको अपेक्षा गरेका छौ । अनेसासबाट प्रकाशित हुने उक्त पुस्तकहरुलाई प्रतिनिधिमूलक तथा ऐतिहासिक महत्वको बनाउन प्रयास भइरहेको सन्दर्भमा उक्त कृतिहरुमा रचनाहरु समावेश गर्न रचनाहरु पठाउन बाँकि भए निम्नानुसारका आधारहरुहरुमा केन्द्रीत रही ढिलोमा यही अक्टोबर ३०, २०१३ भित्र प्राप्त हुनेगरी पठाउनु हुन हार्दिक अनुरोध गर्दछौं :

रचनाका आधारहरु :

१. रचनाहरु प्रतिनिधि मूलक हुनुपर्ने छ ।

२. रचनाहरु कविता बढीमा ७५ हरफ सम्मको, कथा डिमाई साइज ५ पेजसम्मको हुनुपर्ने छ ।

३. रचनाहरु अन्य कृति (विशेष गरी पुस्तक) हरुमा प्रकाशित नभएको हुनु पर्ने छ।

४. रचनाहरुमा व्यक्ति विशेषलाई आक्षेप नलागेको हुनु पर्ने छ।

५. रचनासँगै फोटो, इमेल, जन्ममिति, प्रकाशित कृति आदि समावेश हुनुपर्ने छ ।

६. प्राप्त रचनाहरु प्रकाशित गर्ने वा नगर्ने अधिकार प्रकाशकमा सुरक्षित रहने छ ।

७. तोकिएको मिति पश्चात् प्राप्त हुने रचनाहरु प्रकाशन गर्न असमर्थ हुने छ ।

यसरी प्राप्त हुने रचनाहरु सम्बन्धित बिषयका श्रष्टाहरुले सम्पादन गरि प्रकाशन गरिने छ । श्रष्टा लेखकहरुले आफ्ना रचनाहरु तलका इमेल ठेगानामा इमेल गर्न सक्नु हुनेछ ।

रचनाहरु पठाउने वा सम्पर्कका लागि इमेल ठेगाना :
अमेरिकामा :

गीता खत्री (gitakhatri@gmail.com), पदम विश्वकर्मा (padambk@hotmail.com) र नारायण अधिकारी (npamss@gmail.com)
बेलायतमा :

जगत राई (jagatramrai@gmail.com)

अस्ट्रेलियामा :

भिमसेन सापकोटा (bhimsensap@hotmail.com)

जापानमा :

प्रकाश पौडेल (poudelprakash575@hotmail.com)

इजरायलमा :

भगवती बस्नेत (bhagawati.basnet@yahoo.com)
नेपालमा :

राधेश्याम लेकाली (rlekali@yahoo.com)
उक्त कृतिहरु प्रकाशन गरी एकैदिनमा विश्वका विभिन्न मुलुकहरुबाट विशेष समारोहका बीच विमोचन गरिने कार्यक्रम रहेकोले यस कार्यमा सहयोग गरिदिनु हुन सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
सदाझैं यहाँहरुबाट यस महत्वपूर्ण कार्यमा पनि विशेष सहयोग प्राप्त हुने कुरामा विश्वस्त छौं ।
सधन्यवाद,

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼