Sunday, October 20, 2013

मृत सागर र म (कविता )











मृत सागर र म
------------------ 
मृत सागर 
तँ आफ्नै जीवनको अपेक्षामा उर्लन्छस्
म मेरो मर्म र पीडा ओकल्न 
आफ्नो बैंश र रहरहरुमा उर्लन्छु 
भलै तेरो गन्तब्य बालुवाको धारमा हराउने गर्छ 
म भावनको चेतनामा आफूसँग खुसी साट्ने गर्छु 
तैपनि ममा कुनै कमी छैन 
भावाना नै सही 
म सधै आफ्नो खुसीमा नै मस्त छु 
जसरी प्रचुर जवानीका युगलहरु रमाई रहन्छन !

मृत सागर 
तँ मरेको नाम लिएर पनि 
सधै जिवन्त छस् 
त्यसरी नै म पनि 
आफ्नो स्थान र वर्चस्वमा 
हजारौं पिडा खेपेर पनि 
समयसँग पौठेजोरी खेल्दै 
यस संसारलाई मुटुभरि सजाएर 
प्रेमको फूल फुलाउँछु 
त्यो पनि 
कहिल्यै न ओइलाउने गरी !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼