Monday, November 18, 2013

संकल्प यो (कविता)











संकल्प यो (कविता)

रुनुको अर्थ
किमार्थ कमजोरी होइन 
किनकि म सँग
हिमाल जस्तै अटल
अदम्य सहासमा
उभिरहने  क्षमता छ ,
 मातृभूमिको रक्षार्थ
अनवरत
संघर्ष गर्न
तन र मनले 
आफूलाई बाँधेकी छु  !

जीवन रहुन्जेल
आँधी हुरीसँग
जुझ्दै गर्दा
यदि पीडाले
पोखिन्छन आँसु  भने
पोखी रहुन  
बग्छन रगत भने
बगी रहुन्
र पनि आमा !
तिमीलाई
जीवन रहुन्जेल
मैले हँसाइ   रहने छु
संकल्प यो -
तिमीलाई  हसाइरहने छु !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼