Thursday, December 5, 2013

गीत

गीत (१)

बिगतलाई बिर्सिएर बर्तमानलाई अगाँल्नु छ
खोसिएका खुशीहरु फेरि पनि सगाँल्नु छ

मेरो  मनको  आकाशमा उदाएको जून
अस्ताएरै जाने हौ कि सकिन है छुन
दिलभित्र बसिगयौ जतनले सँगाल्नु छ
जोगीभै हिंडेकी थें आफैलाई सम्हाल्नु छ ।

कस्तो नाता जोडिएछ अन्जान मै तिमीसँग
मन त्यतै छोडिएछ ज्यान मात्र आफूसँग


पिरतीको बिरुवा यो जसरी नि स्याहार्नु छ
खोसिएका खुशीहरु फेरी पनि संगाल्नु छ











गीत (२)


तिमीसँग आधा मुटु आधा लिई बाँचेकी छु
यो जुनीमा तिम्रै माया संगालेर हाँसेकी छु  ।

सपनीमा देख्छु तिमी त्यसैबेला रोइदिन्छु
तपतपी आँशु झार्दै व्यथाहरु धोईदिन्छु
तिमी भेट्ने दिन गन्दै औंलाहरु भाँचेकी छु
तिमीलाई मेरो जीवन चढाउन साँचेकीछु

 घामजून एक्ला एक्लै तिमी एक्लै म नि एक्लै
चोखो माया मनभरी हुँदा पनि तनै एक्लै ।
तिमी मेरो ढुकढुकी हौ छाती मैले छामेकी छु
तिमीलाई लेख्या चिठी मनैभरि खामेकी छु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼