Saturday, January 11, 2014

नेपाल सरकारबाट भानुभक्त द्विशतवाषिर्की समारोह समिति गठन



नेपाल सरकारबाट भानुभक्त द्विशतवाषिर्की समारोह समिति गठन
*****
नेपाली भाषा र साहित्यका पहिचानका प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्की स्वदेश तथा विदेशमा मनाउन नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशील घिमिरेको अध्यक्षतामा 'आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की कार्यकारी समिति'को गठन गरेको छ ।

कार्यकारी समिति
*****
नेपाल सरकारले सो कार्यकारी समितिका उपाध्यक्षमा श्रीमती इन्दिरा प्रसाई र प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको छ । त्यसैगरी प्रा.डा.उषा ठाकुर, श्री गणेश रसिक, श्री श्रीओम श्रेष्ठ 'रोदन'लाई सदस्यमा मनोनयन गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य र भानु जन्मस्थल विकास समितिका अध्यक्ष कार्यकारी समितिको सदस्य रहने व्यवस्था छ भने सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री भरतमणि सुवेदी रहनु भएको छ ।

मूल समारोह समिति (देश, विदेश)
*****
कार्यकारी समितिका अध्यक्षकै अध्यक्षतामा सो समितिका पदाधिकारीहरु पदेन रहने गरी आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की मूल समारोह समितिको सदस्यमा श्री भवानी क्षेत्री (मेची), श्री विवश पोखरेल (कोसी), श्रीमती करुणा झा (सगरमाथा), डा.राजेन्द्र विमल (जनकपुर), प्रा.डा.अरुण सायमि र प्रा.डा‍. व्रतराज आचार्य (वागमती), श्री भूपिन व्याकुल (नारायणी), श्री सरुभक्त श्रेष्ठ (गण्डकी), श्री प्रेम छोटा (धौलागिरि), श्री बालकृष्ण भट्टराई (लुम्बिनी), श्रीमती गायत्री घर्ती मगर (राप्ती), श्री श्रृजन लम्साल (भेरी), श्री महाशङ्कर देवकोटा (कर्णाली), सुश्री श्रेष्ठ प्रिया 'पत्थर' (सेती) र श्री वासुदेव भट्ट 'भाइसाहेव' (महाकाली) मनोनीत हुनु भएको छ ।

विदेशमा रहेका नेपाली साहित्यकारहरु मध्येबाट डा.कविता लामा (भारत), श्री टङ्क सुब्बा (चीन), श्रीमती गीता खत्री (अमेरिका), श्री सुरेशजङ्ग शाह (वेलायत), श्री कृष्णप्रकाश श्रेष्ठ (रुस), श्री विष्णु पन्थी (म्यान्मा), श्रीमती भगवती वस्नेत (इजरायल), श्री प्रकाश पौड्याल 'माइला' (जापान), श्री हेमन्त पर्देशी (कतार), श्री मौलश्री लिम्बू (मलेसिया), श्रीमती पुनम क्षत्री (बहराइन), श्री विमल गिरी (बेल्जियम), श्री मोहन आचार्य 'जलद' (पोर्चुगल), सुश्री रश्मिला कवाङ र्(जर्मनी), श्री ददिराम सापकोटा (फ्रान्स), श्रीमती विष्णुमाया विभू (नर्वे), श्री पूर्ण बन्धन (डेनमार्क), श्रीमती अलका आत्रेय चुडाल (अष्ट्रिया), श्री पुष्प वडुवाल (निदरल्याण्ड), श्रीमती रमा पराजुली देवकोटा (स्वीजरल्याण्ड), श्री कुसुम ज्ञवाली (क्यानडा), श्री प्रदीप चापागाई (अष्ट्रेलिया) र श्रीमती कल्पना घिमिरे (अफ्रिका) आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की मूल समारोह समितिको सदस्यमा मनोनयन हुनुभएको छ ।

सल्लाहकारहरू
*****
आदिकवि भानुभक्त आचार्य व्दिशतवार्षिकी समारोह समितिका सल्लाहकारहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री वैरागी काइँला, डा.सत्यमोहन जोशी, प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.ठाकुर पराजुली, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.गार्गी शर्मा, श्री मुक्तिनाथ आचार्य, श्री रोचक घिमिरे, श्री घनश्यामराज राजकर्णिकार, श्रीमती उषा शेरचन, श्री नरेन्द्रराज प्रसाई र त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. देवीप्रसाद गौतमलाई नेपाल सरकारले मनोनयन गरेको छ ।

http://www.tourism.gov.np/press-releases.php
 http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=312412

स्रोत :
(मोहनकृष्ण सापकोटा)
सहसचिव तथा प्रवक्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मितिः २०७० पुस २६ गते

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼