Saturday, January 18, 2014

गीत















गीत


कति भेटेँ कति छुटे जिन्दगीको बजारमा
ढुकढुकीमा चल्छौ तिमी लाखौ अनि हजारमा


तिमी छौ र म पनि छु यो संसार रमाइलो छ
प्रीरतीको उज्यालोले जिन्दगी यो घमाइलो छ  
 वर्षा,हिउँद,शिशिर अनि बसन्तको बहारमा  
 तिमीले नै राज गर्यौ मेरो मनको शहरमा 



तिम्ले हात थामीदियौ  रमाएर बाँचेकी छु  
पीडाहरु लुकाएर ओठ खोलि हाँसेकी छु  
भेट्छु तिम्लाई पवनमा समुन्द्रको लहरमा  
अंग अंग चलिदिन्छौ बस्छौ मनको रहरमा 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼