
गोटा तीन दशक पहिले
म जन्मेको त्यो गोधुली साँझ
सोचिरहेछु कस्तो थियो होला
च्याठिएर रोएको त्यो क्षण
सपाद शरीरलाई
आमाले स्नेहपूर्वक आफ्नो धोतीमा लपेट्दै
पहिलो चुम्बन गरेको दिन
पूजाअर्चना र बन्दनाबाट प्राप्त
मेरी आमाको लागि म गिफ्ट थिए
छोरै छोरा पछि जन्मिएको रहरकी छोरी !
सबैले माया गरेर हुर्काए
दिन महिना गर्दै बिते कयौ बर्ष
प्रगतिशील समयसँग पाईला बढाउदै
अनेक बाधा अड्चनसँग पौठेजोरी खेलेर
कहिले कहाली लाग्दो उकाली चढे
कहिले जूनको शितलतामा रमाए
कहिले घामको उष्णतामा सेकिए
तर पनि हिम्मत सहास बटुलेर
उत्साह, उमंगको साथ
मनको दियोमा
सदैव बलिरहेको आशाका दिपहरु
तेल थपिरहे !
अन्तरकुन्तरमा एक मुठ्ठी सपना
सकारात्मक सोच बोकी
मनभरी अपार कौतुहलता
धर्यता सहनशीलता अङ्गीकार गर्दै
कर्तब्य पथबाट नडगमगाई
अटलविश्वाश र आँट बोकेर
अघि बढेका पाइलाहरु
क्षितिजको बाटो भएर
बिहानीको झुल्के घामसँगै मुस्कान छर्दै
उजाड पलहरुमा
बसन्त बोलाउदै
मधुमास छर्दै
मनभरी अनेक सुखानुभुती साँचेर
मेरा पदचापहरु छनछनाइ रहे !
मसित केही स्मृति छन्
अतीत छ,वर्तमान छ
भलै मसँग प्रशस्त धन सम्पति नहोला
तर अनगिन्ति आत्मीय मनहरु छन्
शुभेच्छा र शुभ आशिष छ
हौसल्ला र प्रेरणा दिने प्रियजन छन
साधुबाद मलाई जन्म दिनेप्रति
आभार आत्मीयमनहरुमा
नमन जन्मेदेखि अहिले सम्म
साथ सहयोग र मित्रता बाड्नेहरुमा
हार्दिक हार्दिक आभार सम्पूर्णमा !!
मसित केही स्मृति छन्
ReplyDeleteअतीत छ,वर्तमान छ
भलै मसँग प्रशस्त धन सम्पति नहोला
तर अनगिन्ति आत्मीय मनहरु छन्
शुभेच्छा र शुभ आशिष छ
हौसल्ला र प्रेरणा दिने प्रियजन छन
साधुबाद मलाई जन्म दिनेप्रति
आभार आत्मीयमनहरुमा
नमन जन्मेदेखि अहिले सम्म
साथ सहयोग र मित्रता बाड्नेहरुमा
हार्दिक हार्दिक आभार सम्पूर्णमा !
जन्मदिनको शुभकामना !!
हार्दिक हार्दिक धन्यवाद सीस !
Delete