Saturday, February 8, 2014

एक्लै एक्लै हिडीरहेछु (कविता )

एक्लै एक्लै हिडीरहेछु (कविता )












कही कतै मभित्र बस्तीहरु छन
घाम लाग्छन् ती बस्तीहरुमा
कहिले कहिले उज्यालै उज्यालो भएर
कहिले अध्यारो भएर
वर्षा र शिशिर पनि आइपुगेकै हुन्छ
कहिले कहिले यामहरु हुदै,
रुझ्दै,भिझ्दै,रुदै
अलि पर केही माथि हिडिरहन्छु,
आशा भरोशाकोसाथ अनगिन्ति सपना बोकेर
एक्लै एक्लै हिडीरहेछु
अर्थहरु पाइलापिच्छे बाटो छेक्छन्
बोधहरु हामी हिडि नै रहन्छौ , हिडि नै रहन्छौ
हिडाइ यात्रा पनि हो
 हिडाइभरिबिगत साथी छन्
आगत कुरेर बसेका छन्
आगत बाटैभरि हाम्रो स्वागतमा छन !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼