Thursday, February 13, 2014

हाइकु












१.
प्रेमिल मन
प्रणय दिवसमा
रुमानी याद ।

२.
रातो गुलाव
चाँदनीझैँ मुहार
उमंग डुल्यो ।

३.
उघारी दियौ
बादलको घुम्टो
रुझे बेस्सरी ।

४.
अधेरी रात
उदायौ पूर्णिमाझैँ
धपक्क बले ।

५.
अदृष्य पीडा
मायाको अनुभूति
मीठो दुखाई।
६.
चंचल मन
बासन्ती आँगनमा
भुवासरि ।

७.
रस्वादनमा
मदहोसी भवरा
फूल फूलमा ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼