गज़ल
गज़ल
हिँड्दै थिएँ बाटो छेक्यौ रोकिएर अल्झिरहेँ
घुम्तिनेर जम्का भेटमा ठोकिएर अल्झिरहेँ ।।
समाएको हात छोडी राम्रो गरि जाऊ भन्यौ
बाटैभरि अश्रुधारा पोखिएर अल्झिरहेँ ।।
सयौ जुनी तिम्रै हुने वाचा कसम थियो हाम्रो
त्यै कसमको तराजुमा जोखिएर अल्झिरहेँ ।। ...
साहसको लौरी टेक्दै उकाली र ओरालीमा
सुख-दु:ख बादलभित्र छोपिएर अल्झिरहेँ ।।
नदीसरि अविरल जिन्दगी यो बग्दै जाँदा,
तिमी बिना प्रेमालापमा रोगिएर अल्झिरहेँ ।।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼