यादहरु

तिम्रो यादहरुले
झरेको आँशुलाई
पिपलको पातमा
मैले पानीको मुहानमा राखिदिएँ ।
तिमी आएनौ
तिमी उभिने आँगन त्यस्तै छ
तिमीले जानी नजानी कोरेको
क्यानभास र चित्र त्यस्तै छ
यो सुन्यताभित्रको महासुन्यमा
मनले तिमीलाई
सधैँसधैँ खोजेकै छ !
हरेक स्वास प्रस्वासमा
हरेक बुँद रगतमा
प्रत्येक ढुकढुकीमा
हरेक क्षणमा
तिम्रो याद बुर्कुसी मारीरहेछ !
ट्युनेट्टर झर्यो
१४ यात्रु सबै डडे
हेलीले ती शवहरु उठाएको हेरिरहेँ ।
साँझ झर्न खोज्दै थियो
बेचैनीहरु बीच पनि
तिमी याद आइरहयौ प्रिय !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼