
टाढा हुनु कसोगरी आफ्नै भन्ने जानेपछि
थाहा नपाई मेरो यादले तिम्लाई सम्झी तानेपछि ।।
बसन्तको पालुवाझैँ टुसाएछौ मनभारि
फूली रह्यौ मुटुभित्र मैले आफ्नो ठानेपछि ।।
सिमलको भुवासरि मन त उड्छ तिमीतिरै
तिम्लाई मैले जिन्दगीको आफ्नो साथी मानेपछि ।।
भावनाको तरेलीमा अविरल बगी रहन्छौ
हरसासमा दिलको मेरो ढुक्ढुकीले बानेपछि ।।
प्रेमिल फूल फक्रिएछ पवित्र यो मनको बागमा
अजम्बरी फूली रहने तिम्रो माया छानेपछि ।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼