Tuesday, March 11, 2014

घामको न्यानो स्पर्श (कविता )

घामको न्यानो स्पर्श (कविता )


 








सदा झैँ आजपनि घाम लागेको छ
झलमल्ल भएर
हिजोपनि लागेको थियो
झलमल्ल त्यो घाम
मैले नियाल्दै थिएँ
हिजोको भन्दा
आजको घाममा के फरक छ
मेरो अध्यारो मानसपटलमा
त्यसले कति चेतनाको प्रकाश छर्यो
जुन प्रकाशको ज्योतीपून्जले
मेरो अस्तित्व बदलि दियो !
खै ?
म नियाल्दै थिएँ
यद्दपि ह्रदयको उद्द्यानमा
सलबलाएका अनेक प्रश्नहरु
आफ्नै वरिपरिका
देखाई भोगाई अनि सिकाईले
मान्छे खेल खेलाई रहेका
कैले आफुले खेल्दै कैले अरुलाई खेलाउदै
यस्तै मान्छे हुनुको अस्तित्व फगत यहीँ सिमित गर्दै
मैले आफूलाई त्यही पाएँ
जहाँ म हिजो थिएँ!
अर्थात्
हिजो को सुनौलो घाम र आजको घामको अन्तर
हिजोको घामले पोल्थ्यो
आजको घामले न्यानो स्पर्श गरिरहेछ !
अस्तित्व उस्तै उस्तै
तर अनुभूति फरक हुने रहेछ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼