Sunday, April 13, 2014

शुभकामना २०७१ को


नयाँ बर्षको शुभकामना !! 















अनगिन्ति नयाँ बर्षहरु आए, गए
जीवनका कति वसन्तहरु
थाहै नपाई बितिरहे
सुख र दु:खको सागरमा
कतै हेलिए कतै तैरीए
समयसँग लुकामारी खेल्दै
केहि पाए केहि गुमाए !
पाउनु र गुमाउनुको नियतिमा
जे जति
पाएँ त्यसैमा खुशीयाली मनाएँ

जीवनका अवयवहरुमा
आफ्नै पैतालाको डोब पछ्याउदै
जीवनको मूर्त अमुर्त रङहरुमा रंगिएर
सागरछुने आकाक्षा बोकेर
नदिझैँ अविराल बग्दैछु
समयको बगाई अनुसार
घुम्दै फिर्दै अर्को नयाँ बर्ष
नेपालीहरुको घर आँगनमा
नयाँ उमंग उन्माद लिएर
नयाँ आशाका बिउ छर्दै
मनमा आस्था र विश्वाश जगाउँदै
भित्रिएको छ !

यस नयाँ वर्षले नेपालीका लागि
नयाँ रंग, उमंग नयाँ संबिधान
नयाँ उर्जा नयाँ उत्साह लिएर आओस
सबैको जीवनमा सुख सम्बृदी
मनमा अद्भूत शान्तिको शंखघोस गरोस्
सम्पूर्ण नेपालीको भाग्य चम्किरहोस्
हाँसो खुशी र उमंग साथ रहोस
देवी र सरस्वती साथ नछुटोस् !

सजल नयनहरुमा हर्ष आँशु बर्सियोस
गुलाबी अधर मुस्कान नटुटोस्
परिश्रम,लगन र मेहनतले
सधैँ सफलता हात लागोस्
देशमा शान्ति मुहारमा कान्ति
जीवनमा प्रगति भैरहोस् !
सबैमा सकारात्मक सोचको विकाश होस्
भष्ट्रचार कालो बजारीले नेटो काटोस

बसन्त ऋतको बहार संगै शुरु भएको
नव बर्षले सबैको मनमा
शान्ति मेलमिलाप
स्नेह सद्भाव र एकताको
मुनाहरु हराभरा भएर झाँगीयोस् !
नयाँ नेपालको निर्माण होस्
सम्पूर्ण नेपालीको जय होस्
होस् यही राखे चाहना
२०७१ सालको शुभकामना !!

स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण आत्मीय मनहरुमा २०७१ सालको हार्दि मंगलमय शुभकामना !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼