Monday, April 28, 2014

माता तीर्थ औसीको शुभकामना !

जे जे खोज सबै चिज धर्तिमै छ थरिथरि
जन्म दिने आमा अर्को पाइदैन कसैगरी !
ढुकढुकीमा बसाएर परेलीमा सझाउँछिन्-
छताछुल्ल पोखिदिने ममता छ भरिभरि !!











आमा शब्द नै अवर्णनीय छ ! आमाको गुणगान शब्दमा कसरी पो वर्णन गर्न सकिएला र ? अरुको लाख, आमाको काख..आमाको ममताको अगाडि जुनसुकै मुल्य पनि कम हुन्छ, अर्थात त्यो ममता किनेर पाइँदैन ! भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ । सन्तानप्रति आमाको आत्मिक सम्बन्ध गर्भकालदेखि नै विकास भएको हुन्छ । आमाले सन्तानको सुखमा आफ्नो खुशी देख्छिन् । त्यसैले सन्तानले पनि आमाबाबालाई खुशी बनाउन सक्नु पर्छ ! भनिन्छ, भगवान त्यति बेला मात्रै खुशी हुन्छन्, जतिबेला हामी आमाबुबालाई खुशी पार्छौं ।आमाको महत्व आफै आमा हुँदा बुझेकी थिएँ ! त्यति बेला संसारका हरेक खुसी आफ्नो आँचलमा समेटेको भान भएको थियो ! आफू आमा भएको अवस्थामा आफू छोरी हुँदाको त्यो क्षणलाई सम्झदा आमाप्रति अझ बढी आदरभाव जागृत भएर आउँछ । मातातीर्थ औसी अर्थात ( आमाको मुख हेर्ने दिन ) को अबसरमा मेरी प्यारी आमा अनि संसारका संम्पूर्ण जननीहरुमा स -भक्ति श्रद्धासुमन !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼