
तिमी बस मेरो साथ यहिँ उसको प्रस्ताव थियो
सोच विचार गरे धेरै अनेकथरी लाभ थियो
पूर्णिमाको जूनभित्र हाम्रो कथा लेख्ने गर्थ्यौ
अविरल बग्थ्यो जीवन नदिसरी बहाव थियो
थाप्लोभरी साहुको ऋण विवशभै बिदिसिए
बर्षौदेखि मिलाउन नसकेको हिसाव थियो
चैतमास खडेरीको मरुभूमि बनी हिड्दा
बर्षिरहे अश्रुधारा मुटुभरी तनाव थियो
यादहरु उर्लिएर सम्झनामा टोलाउँदा
खुशी हुने बहाना त्यो साथी किताव थियो
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼