Friday, May 2, 2014

जिन्दगी ( कविता )

ज़िन्दगी(कविता )

अप्ठ्यारोमा फलेको फर्सि जस्तो
देख्दै नदेखेको पर्सि जस्तो
थाहै नपाइ आउने
सुनामीको छाल
किनारामा फालिएको ढुंगा
अनि
गन्तब्य बिहिन डुंगा पो हो कि ?
बेसुर बजिरहने बेसुरको ताल जस्तो
बगरमा टाँगिएको खुईलिएको त्रिपाल जस्तो
तर
भीरमा फुलेको सुनगाभाले सौन्दर्य दिन्छ
हिलोमा फूलेको कमलले सबैलाई आकर्षित गर्छ
परिस्थिति र परिवेश जे होस्
जिन्दगीले आफ्नो गोरेटो आफैँ पहिल्याउँछ !
आँशुको सागर होस्
या
हाँसोको आकाश
दुखको नदी होस्
या
सुखको खहरे
बग्छ,बगिरहन्छ
जिन्दगी चल्छ,चलिरहन्छ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼