जन्म दिनको शुभकामना !
प्रकृति ले नौलो काँचुली फेर्दा
सौर्यमासमा नयाँ क्षितिज
नव पालुवा पल्लवित भएर
बसन्त ऋतुले बहार ल्याउँदा
खुशीका राग बोकेर यो धर्तीमा
पाइला टेकेको हिजो झैँ लाग्छ
तिम्रा ती तोते बोली
तिमीले निकालेको पहिलो शब्द आमा
अझै कानमा गुन्जिरहेको छ
कति बसन्त फेरिए
समय फेरियो
तिमी बामे सर्दै,
टुकटुक हिड्न सक्ने भयौ
दिन महिना बर्ष बिते
आज फेरी उही दिन !
त्यो दिन
म प्रशब बेदनामा छट्पटाएको
कालरात्री छिचोलेर सुर्योदयको
सुनौला किरणसगै तिमी धर्तीमा पदार्पण
गरेको दिन !
किनर गार्डेन
आधारशीला
साँगाको दिपेन्द्र प्रहरी स्कुल
देखि सफ्टेरिका कलेज सम्मको यात्रामा
कतै साथ भए कतै एक्लै भयौ
साँगाको उकालोमा
तिमीसँगको आलिंगन
छुट्नु पर्दाको बलिन्द्र धारा आँशु
सबै सबै सम्झना छन् ।
अनेक उतार चढावमा
दृढ विश्वाश लिएर
कर्तब्यलाई नभुली अधिकार खोज्दै
आदर ,सद्भाव माया मनभरि राखेर
अध्ययन र मेहनतलाई मूल मन्त्र मान्दै
जीवनका चुनौतीहरूको सामना गर्दै
अगाडि बढिरहनु !
घाम टाढाबाट प्रकाश छरिरहेछ
जूनले परैबाट शितलता प्रदान गरिरहेछ
भूगोलको जुन कुनामा भए पनि मैले
तिम्रै सुन्दर भविष्यको कामना गरिरहेछु !
तिम्रै सु स्वास्थ्य उन्नति प्रगतिको
कामना गरिरहेछु !
मेरो बात्सल्यले मनग्य नछोपिए पनि
मेरो शुभेच्छा शुभ आशिष
मनले चिताएको सबै कुरा पुरा होस्
शान्त मनको सरोबरमा
सद्भावको मुल कहिल्यै नसुकोस् !
पुरा होउन सबै चाहना
तिमीलाई जन्म दिनको शुभकामना !!
सौर्यमासमा नयाँ क्षितिज
नव पालुवा पल्लवित भएर
बसन्त ऋतुले बहार ल्याउँदा
खुशीका राग बोकेर यो धर्तीमा
पाइला टेकेको हिजो झैँ लाग्छ
तिम्रा ती तोते बोली
तिमीले निकालेको पहिलो शब्द आमा
अझै कानमा गुन्जिरहेको छ
कति बसन्त फेरिए
समय फेरियो
तिमी बामे सर्दै,
टुकटुक हिड्न सक्ने भयौ
दिन महिना बर्ष बिते
आज फेरी उही दिन !
त्यो दिन
म प्रशब बेदनामा छट्पटाएको
कालरात्री छिचोलेर सुर्योदयको
सुनौला किरणसगै तिमी धर्तीमा पदार्पण
गरेको दिन !
किनर गार्डेन
आधारशीला
साँगाको दिपेन्द्र प्रहरी स्कुल
देखि सफ्टेरिका कलेज सम्मको यात्रामा
कतै साथ भए कतै एक्लै भयौ
साँगाको उकालोमा
तिमीसँगको आलिंगन
छुट्नु पर्दाको बलिन्द्र धारा आँशु
सबै सबै सम्झना छन् ।
अनेक उतार चढावमा
दृढ विश्वाश लिएर
कर्तब्यलाई नभुली अधिकार खोज्दै
आदर ,सद्भाव माया मनभरि राखेर
अध्ययन र मेहनतलाई मूल मन्त्र मान्दै
जीवनका चुनौतीहरूको सामना गर्दै
अगाडि बढिरहनु !
घाम टाढाबाट प्रकाश छरिरहेछ
जूनले परैबाट शितलता प्रदान गरिरहेछ
भूगोलको जुन कुनामा भए पनि मैले
तिम्रै सुन्दर भविष्यको कामना गरिरहेछु !
तिम्रै सु स्वास्थ्य उन्नति प्रगतिको
कामना गरिरहेछु !
मेरो बात्सल्यले मनग्य नछोपिए पनि
मेरो शुभेच्छा शुभ आशिष
मनले चिताएको सबै कुरा पुरा होस्
शान्त मनको सरोबरमा
सद्भावको मुल कहिल्यै नसुकोस् !
पुरा होउन सबै चाहना
तिमीलाई जन्म दिनको शुभकामना !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼