Tuesday, May 13, 2014

२५८ औ बुद्द जयन्तिको शुभकामना !





आज बैशाख शुक्ल पूर्णिमाको दिन, बुद्ध जयन्ती । बुद्धको जन्म तिथिको महिमा महत्वपूर्ण मानिन्छ किनभने बुद्धको जन्म, ज्ञान प्राप्ती र देहान्त वैशाख पूर्णिमा अर्थात आजैको दिन एउटै तिथिमा परेको थियो । अहिंसाका प्रतिक, सत्यका पर्यायवाची भगवान गौतम बुद्ध विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाए । शान्तिका अग्रदुत गौतम बुद्दले संसारभरीका मानिसलाई अहिंसा, करुणा र शान्तिको पथमा हिड्न सिकाए ! संसारको राग र मोहलाई त्यागेर सत्य र ज्ञान प्राप्तीको बाटोमा अगाडि बढ्नु नै बुद्ध दर्शनको सार हो । हाम्रो राष्ट्रिय बिभूति महामानव ,आधुनिक विश्वको पहिलो भौतिकबादी चिन्तक, दार्शनिक बुद्धको जन्म जयन्ति र नेपालीहरुको महान पर्व साकेला उभौली एकैसाथ सबैतिर धुमधामसँग मनाइ रहेका छौ । नेपालीहरुको शिरको ताज बुद्ध अनि सुम्निमा-पारुहाङले हामी सबैको सबैको कल्याण गरुन । बुद्द जयन्ति अनि साकेला उभौली यलेदोङ ५०७४ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने दाजुभाई दिदीबहिनी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼