गीत
मैले हाँस्न नपाउँदा रोएर नै बाँच्न सिकेँ
खुसी पाउँदा रुँदा-रुँदै अलिकति हाँस्न सिकेँ ।।
जसको माया पाएकोथेँ उसलाई आज सम्झिएछु
हिड्दा हिड्दै साथ छुट्दा उसकै यादमा अल्झिएछु
टुक्रिएको सपनालाई विपनामा गाँस्न सिकेँ
विरहको भाका टिपी गुन्गुनाउँदै हाँस्न सिकेँ ।।
भन्थेँ मैले बिस्वाशमा घात कैले हुन्न भनि
त्यहि विस्वासले घात गर्दा रुन पर्यो मैले पनि
मुटु भित्र खुसी रोपी मनमा आज साँच्न सिकेँ
सुख-दु:ख रमाएर अलकति हाँस्न सिकेँ ।।
मैले हाँस्न नपाउँदा रोएर नै बाँच्न सिकेँ
खुसी पाउँदा रुँदा-रुँदै अलिकति हाँस्न सिकेँ ।।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼