Thursday, May 1, 2014

गालील समुन्द्र, यामुक नदी अनि Gadara को हट स्प्रिङ (यात्रा स्पर्श)



गालील समुन्द्र, यामुक  नदी अनि Gadara को हट स्प्रिङ

यात्रा स्पर्श 


 
 बिहानीको किरणसँगै हमद गाडेर जानेको तयारिमा लाग्यौ । नेभेशानानबाट १२३ नम्बरको बस चढेर करिव ७.३० तिर खोर्फ़ कर्मेलमा पुग्यौ ।  चेकिन सकेर स्टेशनभित्र पस्यौ । पाकिरहेको तातो तातो बेगलेको बासना हरहर आइरहेको थियो । पसलेहरु आफ्नो समान बेचिरहेका थिए ।  सबैजना आ आफ्नो काममा जानको लागि आतुर देखिन्थे ।  कसैले समोसा कसैले निम्की कसैले बेगले कसैले पिता किनेर प्याक गराउदै ब्यागमा राखेर हिड्दै थिए । हामीले पनि तातो तातो बेगले र कफी लियौ । साइडको टेबलमा बसेर निक्कैबेरसम्म मान्छेहरुको भागदौड हेरिरहे । ८.३० मा हंमद गदेर जाने गाडी आइपुग्यो । खोर्फ़ कर्मेलबाट बस चढ्ने ८ जना थियौ । मार्च महिनाको दोश्रो हाप्ता भएकोले गर्मि शुरु हुन् लागेकोले त्यहाँ जाने मानिस कम थिए ।  ग्राण्ड क्यानुनमा अरु १५  जना जति  चढे । ड्राइभरले हिब्रु गीत घंकाउन्दै बस एकनाशले हुइकाई रहयो  । बिहानीको यात्रा मन रोमान्चित छ । बसमा चढेर ड्राइभर पछाडिको सिटमा बसेर  आइ प्याडमा इन्टरनेट ज्वाइन गरे । इजरायलमा लामो दुरीमा चल्ने बसहरुमा फ्री नेटको सुबिधा पनि हुन्छ । यात्रामा नै साथीभाई आफन्तहरुसंग वाइफाई बाट थोरै कुरा गरे । अनि आफू जान लागेको ठाउँको दुरी कति रहेछ भनेर गुगलबाट नक्सा हेरे । हाइफा देखि करीव ८० किलोमिटर टाढा पर्ने रहेछ । बिहानीको किरणसंगै सुरु भएको  यात्राले मन रोमान्चित बनेको छ । कतै चार कतै ६ लाइनका सडक दुइ साइडमा निर्वाद गुडेका कार बसहरु सडकपेटीमा हिड्ने मानिस बिरलै देखिन्थे  । सफा र फराकिलो  सडकमा सुलुलु गुडेका सवारी साधन सडकको  बिचमा धुपीका बराबर पारेर छिमलेका पोथ्राराहरु,सडकको दुवै पट्टि ढकमक्क भएर फुलेका राता सेता चेरीका फूलहरु,सडकको घुम्ती पिच्छे गोलाकार पारेर रोपेका थरि थरिका फूलहरुले त्यसै त्यसै मन लठ्ठ पारेको छ । बसन्त ऋटुको आगमनले मौसम पनि मदहोस झैँ लाग्छ ।  पर पर देखिने सुन्दर बस्तीहरु,बस्तीका बीच बिचमा एकै प्रकारका रुखहरु हेर्दै यात्रा आगाडी बढिरहेको छ । यी सुन्दर दृश्यहरुको द्श्यवालोकनमा आँखाहरु सडकका दुबैतिर एकनाश नाचिरहेका छन । कानमा एयर फोन छ मिठा मिठा गीत बजिरहेछ ।  कान सुमधुर धुन सुन्नमा व्यस्त, आँखा सुन्दर दृश्य हेर्नमा । बाटोको दुवै पट्टिको घरि रातै फलेका स्ट्याबरीका पाटाहरु, कतै लहरै रोपिएका केराको घारी, झुप्पा झुप्पा भएर फुलेका राता सेता  लिच्ची र आँपका फूलहरु, लहलह झुलेको गहुँ, जौ, पहेलै भएर फुलेका तोरी सर्स्युका फूलहरु, पाखा नै रातो बनाएर फुलेका लाली गुरास झैँ राता फूलहरु, तिबेरियाका अनेक तालहरु, हेर्दै करिव डेढ घन्टामा किन्नेरेत नजिकै पुग्यौ । किन्नेरेत ताल जुन  समुन्द्र सतह भन्दा २०० मिटर होचो स्थान छ । तिबेरिया हुदै कीन्नेरेत झर्दा कान नै बन्द होला झैँ डम्म भयो । गालील समुद्रको दक्षिणी तटको नजिकै । तिबेरियाको पोखरी Kinneret ( गालीलको समुद्र )  इजरायलको सबै भन्दा होचो शहरको रुपमा चिनिदो रहेछ । वरिपरी पहाडले घेरेर बिचको ताल,१९०८ मा स्थापित  kinneret musava बस्ति । लहरै रोपिएका खजुर र नरिवलका बोटहरु yarden kinneret को बाटो भएर  पर पर देखिने अग्ला डाडाहरु हुदै हमद गदेरतिर बस  अगाडी बढीरहेको छ।

एकातिर  जोर्डनको सिमा क्षेत्र अर्कोतिर  गोलान हाइटको फेद भएर  एकनाशले बस  कुदिरहेको छ । बाटो सम्म भएकोले एसी बसमा हुइकिरहदा  कति कति बेला बसमा बसे झैँ पनि लाग्दैन्थियो  । बीच बीचमा इजरायली लिली हजुर आमा चकलेट लिएर आउनु हुन्थियो । बस  सिरियाको सिमा काटेर अगाडि बढ्यो । अलि अगाडी  पुगेपछि गह्रा गह्रा पारेर   पानी जमाएर बनाएको गह्राहरु देखियो ।


संगै बस्ने लिली हजुर आमालाई त्यहाँ के छ भनेर सोधे । उनले  यस्मा  विभिन्न प्रजातिका गोही पाइने ठूलो गोहि खेतको एक गर्व छ । यस खेतमा २०० भन्दा बढी गोहीहरु छन ।टाढाबाट हेर्ने मात्र त्यहाँ जान मनाही छ । लाग्यो यो क्षेत्रको अवलोकन गर्न एक दुइ दिन यतै बस्नु पर्छ । बस अगाडि बढ्यो  करिव ५ मिनेट पछि हमत गदेरको गेटमा ओर्लियौ ।
बिहानीको १० मात्र बजेको थियो । न्यानो घामको स्पर्श पर्यटकहरुको भिड, गेटमा पस्नको लागि  ७८ सेकेल तिर्नु पर्ने रहेछ । तिरेर  भित्र पस्यौ । ढुकुरको कुर कुर, भंगेराको चिरबिर अनि मयुर कल्ली फिजाएर नाँचिरहेक थियो । मरुभूमिमा पनि प्रकृतिको त्यो निराला रुप देखेर नलोभिने मानिस कमै होलान । मान्छेले चाह्यो र गर्यो भने के हुदैन र हाम्रो नेपालमा यसको सयौ गुणा बढी प्राकृतिक सौन्दयले भरिपूर्ण छ तर यसको सदुपयोग हुन् सकेको छैन । गेटभित्र पसे पछि स्प्रिंग पौण्ड मा जान करिव ५ मिनेट लाग्छ त्यसमा पनि ५ जना अट्ने एउटा रेल जस्तो गाडीले त्यहाँ पुर्याउने रहेछ । हजुरबुबालाई त्यस रेलगाडीमा चढाएर मा हिड्दै गए । नाचिरहेको मयुर, सुन्दर बगौचा । दुवैतिर हरियाली जमुना काफल र कटुसका रुखहरु सिरसिर हावाले हल्लालाई रहेको छ ।
मानिसहरु पोखरीमा पुगेर आफ्नो स्थान सुरक्षित गर्न आतुर देखिन्छन । मरुभूमि जस्तो देखिने यस उष्ण खेतको  ४०   एकड क्षेत्रमा  फैलिएको अधिकांश भाग रुख बोट बिरुवाले भरिएको छ  ।  Hamat Gader तीन देशहरू सिमानामा पर्छ !  जोर्डन को उत्तर पश्चिम सिमानामा Gadara पुरातन शहरको साइट नजिकै  उम्म  Qais एक शहर पर्ने रहेछ  जहाँ तिबेरियास, गलवानभ्याली  र Yarmuk घाटी छ । इजरायल  र सिरियाको सिमानामा पर्ने  हमद गदेर गालील यामुक  नदीको घाटीमा पहाडीको फेदीमा  एक सानो प्रायदिपको रुपमा, समुद्रको देखि दस मिनेट पर खैरो चट्टान भएको  धारे पहाडले घेरिएको ठाउँमा उभिएको रहेछ । Hamat Gader  को भौगोलिक स्थान चिकित्सकीय लाभ लागि प्रख्यात छ । गालील Yarmuk नदीको दोभानमा Gadara को हट स्प्रिङलाई हमत गदेर भनिदो रहेछ । शक्तिशाली औषधीय र उपचारात्मक गुण भएको जमिन मुनिबाट निस्किएको पोखरीमा नुहाउन देश भित्र र देश बाहिरबाट धेरै मानिसहरु आउने रहेछन  । पुलमा पुग्नु अगाडी फुटबल खेल्ने मैदान, साना साना पोखरी थिए । युगल जोडीहरु आलंगिनमा बाधिएर प्रकृतिको मज्जा लिइरहेका थिए । हमाद गदेरको पुल सम्म पुग्न वृद् बृदाको लागि लिफ्ट, तरुण तन्नेरीको लागि सिडी थियो ! 

 एकातिर महिलाको लागि अर्कातिर पुरुषको लागि शौचालय र बाथिग रुमहरु पनि रहेछ । मन्दिर जस्तो आकारमा बाहिर दुइ वटा स्विमिंग पुल रहेछ । बाहिर घर देखिने पस्ने ढोका भएको तर भित्र पस्नासाथ कोठा जस्तै चारकुने आकारमा बनाएको स्विमिंग पुल रहेछ । फलामको बारले घेरिएको पुलमा तल ओर्लने ठाउँमा सिडी राखिएको छ । वरिपरी प्लास्टिकको कुर्सि राखिएको थियो । भित्ताहरुमा कपडा झुन्ड्याउन मिल्ने काटीहरु थिए । दुवै तिर ठुलो भित्ते घडी पनि झुन्ड्याइएको छ ।  चारकुने आकारमा बनाइएको भित्री पुलमा जमिन मुनिबाट निस्किने पानीको ताप प 42 डिग्री एक स्थिर तापमान हुने रहेछ ।  प्रति घन्टा ६०० देखि ७००  घन मीटर मा gushes  भैरहने । पानीमा  4.7 % को एकाग्रता साथै अन्य महत्वपूर्ण खनिजको साथै  सल्फर हुने रहेछ  । यो पानी मा स्नान त्वरित चयापचय , सेल नवीकरण गर्न योगदान र संयुक्त दुखाइमा  राहत मिल्ने रहेछ । घाँटी , काँध र अन्य अंगका तनाव कम गर्न यस पानीले मदत पुर्याउने रहेछ । यस हट स्प्रिङको अर्को गुण जति जनाले पौडी  खेले पनि  पानी सफा र ताजा रहिरहने रहेछ  ।  यहाको हरेक चार घन्टा circulates  भैरहने रहेछ  ।
यस पानीमा १० मिनेट सम्म मात्र डुब्नु हुने त्यस पछि बाहिर निस्किएर फेरी जान सकिने रहेछ  । थरि थरिका स्विमिंग ड्रेसमा केटा केटि युवा युवती वृद् वृद्दा आफ्नै तालमा डुबुल्की मारिरहेका थिए । कोहि पस्दै कोहि निस्कदै थिए । बाहिरको स्विमिंग पुल फराकिलो थियो । यसमा पानी कम तातो थियो।
म पनि यस ठाउँमा करिव ३ पटक आइपुगिसकेको थिए । भित्र पट्टिको स्विमिंग पुलमा भने पानी गरम थियो । बाहिर निस्किदै फेरी पस्दै झण्डै १० चोटी सम्म पसे । शरीर नै हलुका भएको महसुस गरे । स्विमिंग सकेर बाथरुममा नुहाउन गए । बूढी बूढीहरु नांगै थिए । सबै जना महिला मात्र भएकोले केहि लाज मानेका देखिदैनथे । हेयर  ड्रायरले कपाल सुकाए । ड्रेस लगाएर बाहिर निस्किए । साथीहरु सबै बाहिर पर्खिरहेका थिए । पुलको वरिपरी जक्यूजी बेड,  शानदार  पूलहरु  र एक तातो पानी झरना अनि वरिपरी रंगी बिरंगी फूलहरु फुलिरहेका थिए । सफा सुघ्घर युरोपियल स्टाइलमा बनाइएका आधुनिक होटलहरुका बाहिर लहरै राखिएका कुर्सि टेबलहरु । स्पा होटेल निजि स्विमिंग पुल , ज्क्युजी आरामदायी कुर्सि । सबै किसिमका सुविधाहरु थिए । हामीले नुहाई धुवाई सकेर होटेलमा खाना खायौ ।

 


फर्कनको लागि २ बजे बस आउथ्यो । त्यहाँ बस्न चाहनेहरुको लागि  शान्तिपूर्ण प्रवाशहरु  पनि थिए । हामीलाई त्यहाँ बस्नु थिएन । हामी खान खाएर पुरानो रोमी " रिसोर्ट  हेर्न गयौ । यहाँ बनाइएका रिसोटले  मानिसजातिको  फाइदाको लागि प्रकृति आश्चर्यहरू च्यालिंजिंगमा मानिसको प्रयासको अपूर्वता देखाउँथ्यो  । रिसोर्ट नजिकै पाइने बिभिन्न पशु पंक्षीहरु, मिनी वन्यजन्तुका चिडियाघर , सुगा शो र गोहीको पुराना petting , संरक्षित गरिएको थियो  । खरायो , कछुवा,मयुर ,जरायो  खुला इलाकामा,कुदिरहेको जरायो ,अनेक पशुपंक्षी, चराहरूले  मरुभूमि पनि स्वर्ग जस्तै देखिन्थियो  । Hamat Gader रिसोट इजरायलको  उत्तरमा पर्ने इजरायलको अद्वितीय ठाँउहरु मध्ये एक रहेछ   मरुभूमिमा मानिसले गरेको मेहनतको अद्भुत दृश्यहरु आखाँमा सझाएर गेट बाहिर निस्कियौ ! बस पार्क गर्ने ठाउँमा लहरै रोपिएका  तितरिका बोटहरुमा पालुवा पलाएको थियो । लटरम्म फलेका बयर कोहि पहिला केहि राता देखिन्थे । म यिनै प्राकृतिक दृश्यहरुमा निकै बेर रमाए । आफ्नै दौतारी त कोहि थिएनन् । सबै ७० बर्ष भन्दा माथिका थिए । एगेद बसका पेन्शन पकाएर बसेकाहरु र उनीहरुको श्रीमतिका लागि यो टुर थियो । त्यसैमा मैले हेरचाह गर्ने ९५ बर्षको  मोसे हजुर बाको साथमा गएको थिए । लिली हजुर आमा र मोसे  अगाडिको सिटमा बसे । म पनि पछाडिको सिटमा एक्लै रमाउदै संगीत सुन्दै इन्टरनेट चलाउदै बसे । यात्रा अत्यन्तै रमाइलो भयो । करिव २ बजे त्यहाँबाट बस चढ्यौ।

  मोसे र लिली आफ्ना जवानीका गफ गरेर हास्दै थिए । पेसाक आउँन लागेकोले सबैजना चाडमा कसकोमा जाने के के खानेक्र खाने भनेर गफिदै थिए । बस बिस्तारै जोर्डन र सिरियाको सिमाना हुदै अगाडि बढ्यो । पर पल जोर्डनका डाडाहरु बिचमा बगिरहेको गालील अनि दुवै देशमा सिमाना भन्दा पर पर छुट्याईएका जमिनको भागहरु, किन्नरेत ताल तिबेरियाका गुजिमुजु बस्ति हुदै उकालो लाग्यो । लहरै रोपिएका केरा अनि त्यसमा फालेका केराका घरीमा पलाष्टिकले छोपिएको थियो । लटरम्म फलेका नरिवल, छोकड़ाका अग्ला अग्ला रुखहरु हेर्दै घुमाउरो तर बेवास्थित बाटोमा सुलुलु गुडेका बसहरु यात्राले मान्छेलाई छुटै अनुभूति दिलाउने रहेछ । किरात खाईमबाट मान्छेहरु ओर्लन शुरु गरे । खाग समियाख, पेसाक समियाख भन्दै, इजरायलीहरुको चाडको शुभकामना दिएर बिदा भए । यो टुर अब नोभेम्बरमा मात्र शुरु हुने थियो ।  अर्को सिजनमा समयले साथ दियो भने फेरी भेट्ने र रमाइलो गर्ने वाचा सहित हामी बिदा भयौ । करिव १ घण्टा २० मिनेटमामा हाइफाको आइपुग्यौ !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼