हाम्री
परिवारकी होनहार सदस्य ममतामयी बिमला बस्नेत (मनोज कुमार बस्नेत को
धर्मपत्नी) को सघन उपचारको क्रममा मिति २०७१ जेष्ठ २४ गतेका दिन अल्प आयु
मै असमायिक स्वर्गारोहण भएको आज १३ औ दिन ! यस दु:खद घडीमा स्वर्गीय
आत्माको चिर शान्तिको कामना गर्दै समबेदना
प्रकट गर्ने,हाम्रो दुखमा सँगै रुने, बिचलित मनलाई सान्त्वना सद्भावका
शब्द गुच्छा बर्षाउदै हाम्रो दुखमा सरिक भएर आत्मियता बाड्ने आफन्तजन,
इष्टमित्र अनि श्रदेय सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त
गर्दछौ !
उनकै यादहरुले फुरेका शब्दहरु
पवनको स्पर्शभरि तिमी ( कविता )
मेरो कोठाको चारै भित्तातिर नियाल्छु
मनको खोपिभरी तिम्रै यादहरु सल्बलाउँछन्
कालिम्पोंग देखि काठमाण्डौ सम्मको यात्रा
जीवनका रंगिन अवयव सजाएर
अनेकौ घुम्ती र मोडहरुमा
केहि सपना आफ्नो केहि आफन्तका
अनेक विवशता बाध्यता पन्छाएर
सबैकुरा सम्हालेर अघि बढ्दै
सम्भावनाका फूलहरु फुलाउन तल्लिन थियौ
अनायासै पापी संयोग
निष्ठुरी दैवको लाठी बज्ररियो
पलभरमै छिन्नभिन्न भएर पोखिए सपनाहरु
काँच झैँ टुक्रिए अठोटहरु
कसैले रोक्न नसक्ने मृत्युले तिमीलाई लगिछाड्यो
बिछोडको यो भयानक स्थितिमा
छाति चिरिन्छ, मुटु धड्किन्छ
छातीमा छाम्छु असह्यै पिडा चिच्याउँछ
तिमी स्थुल भौतिक रुपबाट टाढा भएपनि
तिमी हाम्रो स्मृतिमा सधैँ जीवित रहनेछौ
तिम्रो अदृश्य रुपहरु :-
बादलका थुम्काभरि
अविरल वर्षाभरि
जूनको चमकभरि
घामको उज्यालोभरि
पवनको स्पर्शभरि
तिमी नै तिमी छाउनेछौ
तिम्रा अधुरा सपनाहरु
तिम्रा अठोट र चाहनालाई
तिमीले छोडेर गएकी कोपिलाले
तिम्ले पछ्याएका डोबहरू पछ्याउने छ
पूरा गर्ने छ
ऊ फुल्ने छ झुल्ने छ
आफ्नो आशिर्वाद बर्षाई रहनु !!
मेरो कोठाको चारै भित्तातिर नियाल्छु
मनको खोपिभरी तिम्रै यादहरु सल्बलाउँछन्
कालिम्पोंग देखि काठमाण्डौ सम्मको यात्रा
जीवनका रंगिन अवयव सजाएर
अनेकौ घुम्ती र मोडहरुमा
केहि सपना आफ्नो केहि आफन्तका
अनेक विवशता बाध्यता पन्छाएर
सबैकुरा सम्हालेर अघि बढ्दै
सम्भावनाका फूलहरु फुलाउन तल्लिन थियौ
अनायासै पापी संयोग
निष्ठुरी दैवको लाठी बज्ररियो
पलभरमै छिन्नभिन्न भएर पोखिए सपनाहरु
काँच झैँ टुक्रिए अठोटहरु
कसैले रोक्न नसक्ने मृत्युले तिमीलाई लगिछाड्यो
बिछोडको यो भयानक स्थितिमा
छाति चिरिन्छ, मुटु धड्किन्छ
छातीमा छाम्छु असह्यै पिडा चिच्याउँछ
तिमी स्थुल भौतिक रुपबाट टाढा भएपनि
तिमी हाम्रो स्मृतिमा सधैँ जीवित रहनेछौ
तिम्रो अदृश्य रुपहरु :-
बादलका थुम्काभरि
अविरल वर्षाभरि
जूनको चमकभरि
घामको उज्यालोभरि
पवनको स्पर्शभरि
तिमी नै तिमी छाउनेछौ
तिम्रा अधुरा सपनाहरु
तिम्रा अठोट र चाहनालाई
तिमीले छोडेर गएकी कोपिलाले
तिम्ले पछ्याएका डोबहरू पछ्याउने छ
पूरा गर्ने छ
ऊ फुल्ने छ झुल्ने छ
आफ्नो आशिर्वाद बर्षाई रहनु !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼