Saturday, July 5, 2014

आँशु( कविता)

आँशु( कविता)



















अथाह खुसिको नगरी होस्
अनवरत दु:खको पगरी 
मिलन हो या बिछोड
सधैँ बर्षन्छ आँशुका झरीहरु
कति पवित्रता 
कति निश्चलता 
 यी आँशुहरुमा ।

कसैको उन्नतिमा
कसैको प्रगतिमा
दु:खदर्द बेदनामा
बेप्रवाह बगिदिन्छ
पीडा पखाली दिन्छ
खुशि बगाईदिन्छ ।

आँसुमा एक पवित्रता छ
जुन कमजोरीको चिनारी नभएर 
 सहन शक्ति र प्रेरणाका श्रोत हुन्
 जसले हजारौ जिब्रोले बोल्ने भन्दा
 स्पष्ट भाषा बोलिरहन्छ
अव्यक्त भावनाहरु सम्प्रेषित गरिरहन्छ
जसले शोकदूतहरुको काम गर्दै
अकथ्य प्रेम व्यक्त गरेको हुन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼