दैवी प्रकोप (कविता)
मध्य रातको अधेरीमा
बर्षिएको वर्षाले
भत्कायो पहाडको डिस्को
सुनकोशी नदी थुनियो ...
बगायो हजारौको सपना
भोटेकोशी दोभानसम्मका
नदि किनारका बस्तीहरु
खाडी चौर बलेफी,बार्हविशे सुकुटे
डुबानमा परे
सिन्धुपाल्चोकको राम्चे जुरेका
सबै बस्तीहरु बगे
मिठा सपनामा निदाएका कयौ बिउझन पाएनन्
बर्षौ देखिको मेहनत
सुनकोशी जल-बिद्युत योजनाको
सानिमा हाइड्रो पावरहाउस जलमग्न भयो
उज्यालो दिने यन्त्रहरु हिलोभित्र पुरिए
खाडीचौर,पांग्रेटारका बासिन्दा ज्यान जोगाउन
पहाडतिर भागे
सुन बग्ने खोलामा लाशहरु बगे
मोदी नेपाल आउने खुशी समेट्न नपाउदै
सुनकोशीले चण्डी नाच देखायो
हुने हार देव नटार
हजारौ घरबार बिहिन भए
कत्तिको गाँसबास खोसियो
कतै कृतिम बम मिसाइलका लाशहरु
कतै प्रकृति बिपत्तिमा
बगरभरी बग्रेल्ती छरिएका लाशहरु
बर्षौ देखि मान्छेको मेहनत
कतै कृतिमताले कतै प्रकृतिले नष्ट गर्दैछन्
कतै दैवी प्रकोप,
कतै आधुनिक हातहतियारको प्रकोप
यी अनेक प्रकोपका अगाडी निरिह मन
निर्मिमेष हेराइमा बलिन्द्रधारा आँशु बगाईरहयो !
बर्षिएको वर्षाले
भत्कायो पहाडको डिस्को
सुनकोशी नदी थुनियो ...
बगायो हजारौको सपना
भोटेकोशी दोभानसम्मका
नदि किनारका बस्तीहरु
खाडी चौर बलेफी,बार्हविशे सुकुटे
डुबानमा परे
सिन्धुपाल्चोकको राम्चे जुरेका
सबै बस्तीहरु बगे
मिठा सपनामा निदाएका कयौ बिउझन पाएनन्
बर्षौ देखिको मेहनत
सुनकोशी जल-बिद्युत योजनाको
सानिमा हाइड्रो पावरहाउस जलमग्न भयो
उज्यालो दिने यन्त्रहरु हिलोभित्र पुरिए
खाडीचौर,पांग्रेटारका बासिन्दा ज्यान जोगाउन
पहाडतिर भागे
सुन बग्ने खोलामा लाशहरु बगे
मोदी नेपाल आउने खुशी समेट्न नपाउदै
सुनकोशीले चण्डी नाच देखायो
हुने हार देव नटार
हजारौ घरबार बिहिन भए
कत्तिको गाँसबास खोसियो
कतै कृतिम बम मिसाइलका लाशहरु
कतै प्रकृति बिपत्तिमा
बगरभरी बग्रेल्ती छरिएका लाशहरु
बर्षौ देखि मान्छेको मेहनत
कतै कृतिमताले कतै प्रकृतिले नष्ट गर्दैछन्
कतै दैवी प्रकोप,
कतै आधुनिक हातहतियारको प्रकोप
यी अनेक प्रकोपका अगाडी निरिह मन
निर्मिमेष हेराइमा बलिन्द्रधारा आँशु बगाईरहयो !
भगवती बस्नेत
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼