Tuesday, September 9, 2014

गज़ल

~~ गजल~~

प्रवासमा रुनु कति यो मन मैले दुखाएर
तप्प तप्प आँखाबाट अश्रुधारा चुहाएर

कोपिलामै छोडेकीथेँ आज हुर्के छोराछोरी
माया-ममता सजाकीछु छातीभरि लुकाएर

भोक तिर्खा लाग्दा बरै सम्झे होलान आमा कति
फोटो हेर्दै सम्झी बस्छु मनलाई दह्रो बनाएर

समस्याका भेलहरू घट्नु भन्दा उर्लिरन्छन्
नदीसरि वेदनाका छालहरू बगाएर

रक्षा गर भगवती देवी माता भन्दै मैले
पूजा गर्छु हरपल आफ्नै मनलाई जलाएर ।।

भगवती बस्नेत

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼