Thursday, September 18, 2014

कविता

आमा नजन्माउ कपुतहरु












आमा नजन्माउ कपुतहरु
आमा नजन्माउ अब ती कपुतहरु
तिम्रो अस्मितामा धावा बोल्नेहरू
तिम्रो दशधारा दुधको अपमान गर्नेहरू
तिम्रो छातीमा टेकेर चण्डी नाच देखाउनेहरू
अक्षुण्य शक्तिको रुप
आफैंले टेकेको
सर्वेश्वरी धर्तीलाई जसले सराप्छ !

नाङ्गो विचार प्रतिपादन गरेर
बिखण्डनको नारा घन्काउँछौ ?
बिना कर्तब्य अधिकार चाहिन्छ-
स्वतयत्तता होइन बिभाजन चाहिन्छ-
तिम्रो बाउको बिर्ता हो र नेपाल !
जे माग्यो त्यो पाइन्छ ?
अर्काको बुइ चढेर मच्चिन नखोज
उन्मादको नशामा बिखन्डन नरोज ।

आफ्नै आमालाई बेश्या भन्ने तिनै राहुहरु 
साँच्चै नै मानवताका खोल ओडेका मातृ हत्याराहरु ।
आफ्नै सन्तानको कुव्यवहार देखेर
कतिसम्म मुर्छित बाँच्न सक्छ्यौ, आमा !
अब त्यस्ता कुपुत्रहरु नजन्माउ
जो तिम्रै समिपमा तिम्रै लागि
नैतिक र चारित्रिक देशप्रेमी हुन् सकेनन् !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼